Ads

प्रचण्डले केपी ओलीलाई चिन्नै सक्नुभएनः माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई चिन्न नसकेको बताएका छन् । नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही मान्दा अवस्था झन बिग्रेको बताए ।

प्रचण्डले नेकपामा कहिल्यै कुरा उठाउनु भएन, अब मेरो पालो भन्नुपर्थ्यो । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नै सक्नुभएन ,अध्यक्ष नेपालले भने ‘प्रचण्डले ओली जस्तो ज्याद्रो मान्छेलाई चिन्न सक्नु भएन । कुरा उठाउनु भएन । जे भन्यो त्यहि मान्नु भयो ।’
ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको नेपालको टिप्पणी थियो।

उनले भने ‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।’
उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू