Ads

नेपालको पानीले भारतमा सिंचाई,नेपालको जमीन भने बाँझै ! ओलीले भने:यो कदापी हुँदैन


बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् ।

कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । ओलीले  देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए ।

कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे ।
‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’

मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताए ।

‘हामी जनताबाट डराएका छैनौं, हामी चुनाव चाहन्छौं, परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उनले भने ।

कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू