Ads

जघन्य अपराध गर्ने ३ जनालाई जापानामा मृत्यु दण्ड


एजेन्सी
जापान लगाएत विश्वका केही देशमा अहिलेपनि मृत्युदण्डको व्यवस्था रहेको छ । राज्यले निर्माण गरेका कानुन अनुसार मृत्युदण्डको सजाय पाउनेहरुलाई मृत्युदण्ड दिने गरिन्छ । यस्तै जापानमा पनि मृत्यु दण्ड दिने व्यवस्था रहेको छ । सरकारले जघन्य अपराध गरेका व्यक्तिलाई कानुनी रुपमै मृत्यु दण्डको घोषणा गर्न सक्ने व्यवस्था अनुसार पछिल्लो समय ३ जनालाई मृत्यु दण्ड दिईएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । यसै अनुरुप मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ।
ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।
यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू