Ads

माओवादी राष्ट्रिय सम्मेलनः १५ सय ३३ प्रतिनिधि सहभागी हुने


काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३५ जना प्रतिनिधि सहभागी हुने छन् । माओवादी केन्द्रले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौं प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त प्रस्तावमाथि छलफल हुने छ । प्रचण्ड अहिले राजनीतिक प्रस्ताव लेख्नमा व्यस्त रहेको बताइएको छ । नयाँ क्रान्तिकारी पार्टी र नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै २१औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको प्रवक्ता महराले बताए ।

राष्ट्रिय सम्मेलनमा पार्टीले भोगेका सम्पूर्ण विषयमाथि पनि समीक्षा हुने महराले बताए । उनले भने ‘हामी किन साना भयौं, ठूलो हुँदा के गर्‍यौं भन्ने लगायतका विषयमा राष्ट्रिय सम्मेलनमा छलफल गर्नेछौं । फरक पार्टी बनाउन खोजेका छौं, फरक भनेको जनवादी केन्द्रीयता नै हो ।जुन यो सम्मेलनमा हुने छ ।’

महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताए । भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ । सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५ सय ३३ प्रतिनिधि सहभागी हुनेछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू