Ads

माओवादी केन्द्र : राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक


काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरु माक्र्स,एंगेल्स, लेनिन, स्टालिन र माओको चित्र छ । त्यसभन्दा तल दुईवटा कम्युनिस्ट पार्टीको झण्डा र माओवादीको चुनाव चिह्न भएको सेतो झण्डा बोकेको छाया चित्रभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर राखिएको छ ।

सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी चित्रहरु राखिएका छन् ।
माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू