Ads

कांग्रेस केन्द्रीय समिति बैठक पुस १० गते बस्ने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठक १० पुसमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबार (आज) सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने बताइएको छ । सबै केन्द्रीय सदस्यको मतपरिणाम आएपछि पहिलो बैठक बस्ने छ । बैठकको लागि व्यवस्थापनको तयारी पनि मत परणिाम सकिएपछि सुरु हुने पौडेलले बताए ।

कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुको मतपरिणाम आउन बाँकि छ ।

मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्ने छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू