काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुदै छ । शुक्रबार कार्यक्रम गरेर दुबै पार्टीबीच एकता हुने भएको छ । नेकपा (मसाल)को नेतृत्व कंचनपुरका लोकेन्द्र लम्सालले गरेका छन् । एकता शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा बाट हुने छ ।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर लम्सालको नेतृत्वमा नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।
उता मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गदै विज्ञप्ती निकालेका छन् ।
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्