काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच दुबै पार्टीबीच एकताको घोषणा गरिएको हो ।
एकता सम्झौतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्रोही समूह नेकपा मसाल ९सम्पर्क केन्द्र०का संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका हुन् ।
नेपालको राजनीतिक परिर्वतमा प्रचण्ड नेतृत्वको माओवादीको भएको स्वीकार गर्दै मसालको विद्रोही समूह समाहित भएको हो । सम्झौतमा चाँडै तल्लोतहसम्म एकीकरणका काम टुंग्याउने बताइएको छ ।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह भएर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।
प्रतिक्रिया दिनुहोस्