काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको संख्या बढाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकबाट नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको छ । बैठक पछि प्रवक्ता कृष्णबहादुर महराले उक्त जानकारी दिएका छन् ।
१० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको महराले जानकारी दिए ।
महरका अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।
स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्