Ads

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : एक वरिष्ठसहित ७ उपाध्यक्षको प्रस्ताव


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकमा पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए ।

‘पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक हुने प्रस्ताव अध्यक्षले राख्नु भएको छ । त्यसबारे शनिबार बस्ने बैठकमा छलफल गरेर हुने ती सदस्यले बताए । ती सदस्यले भने ‘आजको बैठकमा एक अध्यक्ष , वरिष्ठ सहित सात उपाध्यक्ष, एक महासचिव , उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ ।’

यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि विधानमा कति संख्यामा भन्ने खुलाएको छैन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन । नेताहरुको व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको एक स्थायी कमिटी सदस्यले बताए । शनिबारको बैठकबाट भएका निर्णय अनुसार विधान पनि संशोधन गर्नु पर्ने छ । विधानमा कुन पदमा कति संख्या हुने भनेर किटान गरेको छैन ।

तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको ती सदस्यले बताए । पुस ११ देखि १३ सम्म पार्टीले राष्ट्रिय सम्मेलन गर्दैछ ।

Ads

सम्बन्धित पोष्टहरू