Ads

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागि हुँदै हुनुहुन्छ ।

एमाले प्रदेश १ का अध्यक्ष  होमबहादुर थापाका अनुसार विराटनगर एयरपोर्ट हुँदै अध्यक्ष ओली  मदन भण्डारी स्मृति प्रतिष्ठानको २०औं साधारणसभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुग्नुहुनेछ । त्यसपछि जिल्ला पार्टी कार्यालयले झापाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन विर्तामोड आउनु हुनेछ ।

एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओलीदेखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । विर्तामोड मै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो । आज साँझ भने अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा बास बस्नुहुनेछ ।

११ गते बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै साढे १२ बजे दमक ४ मा अपांगहरुलाई ह्विल चेयर वितरण गर्नुहुने कार्यक्रम छ ।

नेता थापाका अनुसार साढे २ बजे शान्ती मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पसु मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिक क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । ११ गते पनि अध्यक्ष ओली दमक मै बस्नुहुनेछ ।

यसैगरी उहाँ तीन दिनसम्म झापामा आयोजना हुँने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनुहुनेछ ।

जस अनुसार १२ गते बिहान ९ बजे विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू