Ads

माओवादी महाधिवेशनः माओवादी सम्मेलन महाधिवेशनमा बदलीनुमा यस्तो छ प्रचण्डको तर्क


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पहिलो राष्ट्रिय सम्मेलन गर्ने भन्दै त्यहि अनुसारको तयारी गरेको थियो । वडा देखि पालिका हुदै प्रदेश सम्मेलन पनि गरेर सकेको थियो । ११ पुसमा पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने तयारीमा थियो । तर शनिबार माओवादीको स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गर्यो । उक्त निर्णय आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको छ ।

आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा केन्द्रीय कमिटीमा पेस गरेका थिए । प्रचण्डको उक्त प्रस्ताव पारित भएसँगै माओवादीले यसअघि भन्दै आएको सम्मेलन आइतबारबाट विधिवत् रूपमा महाधिवेशनमा परिणत भएको छ ।
सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नुको कारणबारे खुलाउँदै प्रचण्डले वडादेखि पालिका हुँदै प्रदेशसम्म गरेका सम्मेलन, त्यहाँ पेस भएका प्रतिवेदन र नयाँ नेतृत्व चयनसम्मका प्रक्रिया महाधिवेशनकै स्वरूपका भएकाले सम्मेलनलाई महाधिवेशनकै स्वरूप दिँदा उचित हुन्छ भन्ने लागेको बताए । साथै उनले सबै काम महाधिवेशनकै रूपमा गरिएपछि त्यसलाई महाधिवेशन नै भन्दा चाँडै सम्मेलनले गरेका निर्णय महाधिवेशनबाट अनुमोदन गर्नुपर्ने भएकाले त्यो गर्नुभन्दा अहिले नै महाधिवेशन गर्नु सान्दर्भिक हुने बताए ।

प्रचण्डले भने, ‘सम्मेलनमा विश्व परिस्थिति,राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा,हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दैछौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पुर्‍याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने त्यसले पनि देखियो । हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दैछौँ । त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो ।’

यस्तो छ प्रचण्डको तर्क

हिजो साँझ हाम्रो स्थायी कमिटीको बैठकमा सम्मेलनलाई राष्ट्रिय महाधिवेशनको रूपमा सम्पन्न गर्न उचित हुन्छ भन्ने समझदारी भएपछि अहिलेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने भन्ने निर्णय गरियो । त्यो निर्णयअनुसार मैले कमरेडहरूको अगाडि यो प्रस्ताव प्रस्तुत गर्दैछु । प्रस्ताव प्रस्तुत गर्नुको कारणको पछाडि म छोटोमा मात्रै भन्छु ।

पहिलो कुरा त हामीले यो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने प्रक्रियामा जस्तो प्रक्रिया र विधि अवलम्बन गर्‍यौ, सदस्यता नवीकरणदेखि वडाहरूमा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि त्यहाँ प्रतिवेदन पारित गर्ने र नेतृत्व चयन गर्नेसम्मका कामहरू गर्‍यौ । त्यसैगरी पालिकाहरूको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचन पनि गर्‍यौ । त्यसैगरी प्रदेश सम्मेलनमा पनि पार्टी केन्द्रको तर्फबाट पनि अव हामी सम्मेलनमा कुन लाइनमा जादैछौ रु भन्ने कुराको प्रस्तुति पनि गर्‍यौ । त्यो सँगै प्रतिनिधि र कमिटीको निर्वाचन प्रक्रिया पनि सम्पन्न गर्‍यौ, केही मात्र बाँकी होला । र, राष्ट्रिय सम्मेलनका लागि पनि प्रतिवेदन, विधान संशोधन प्रस्ताव र नेतृत्व पनि यही केन्द्रीय समिति बस्दैछैनौँ ।

हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍यौ र गर्दैछौ । अव प्रस्तुत गर्ने प्रतिवेदन र विधान अनि नेतृत्वको निर्वाचनको तलदेखि माथि सम्मको समग्र प्रक्रियाले सम्मेलन भनिराख्नुपर्ने हामीलाई लागेन । यो त महाधिवेशन नै हो । फेरि अरू प्रमुख पार्टीहरूले महाधिवेशन गर्दा हाम्रो जति विधिपूर्वक देखिएन । त्यो हामीले पूर्वाधार र काम पुरा गरेको देखियो । तेस्रो कुरा राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दैछौँ । सम्मेलनमा औपचारिकता पुरा गरौँ भन्ने मात्रै होइन । सम्मेलनमा विश्व परिस्थिति,राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा,हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दैछौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पुर्‍याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने त्यसले पनि देखियो ।

हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दैछौ । त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो । अरू पार्टीले महाधिवेशन भन्ने हामीले महाधिवेशन गर्ने भन्नचाही सम्मेलन भन्नेजस्तो भयो । अरूले माथिको जस्तो हाम्रो तलको जस्तो जसले राष्ट्रिय राजनीतिमा पनि प्रभावकारी नहुनेजस्तो भयो ।

तर हामीले देशभरि तयारी राष्ट्रिय सम्मेलन भनेर तयारी गर्‍यौ । अनि हामीले वैधानिक र कानुनी ढङ्गले के हुन्छ भनेर केन्द्रीय हाम्रो समितिकै सदस्य कमरेड मुक्ति प्रधानलाई यसको वैधानिक र कानुनी पाटो के हुन्छ निर्वाचन आयोगसँग पनि संविधान तथा कानुनको पाटो हेर्नुपर्‍यो भनेर उहाँलाई जिम्मा लगाइयो । उहाँले बुझ्दा भेला,सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भएपनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनुभयो भने महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आयो । हामीले संविधान पनि हेर्‍यौ, त्यहाँ महाधिवेशन, भेला यति वर्षमा गर्नुपर्छ भन्ने छैन, बरु ५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ । त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्ताबेज र विधानको महत्त्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दैछौँ भनेर राष्ट्रिय सम्मेलन नै भन्नुपर्छ भन्ने छैन ।

दोस्रो अहिले भनिएन भने विधानमा सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्छ भन्ने छ । त्यसले गर्दा तुरुन्तै महाधिवेशन गर्नुपर्ने भयो । दोस्रो निर्वाचन आयोगको हामीमाथि रहिरहने भयो, निर्वाचनमा गएका हुन्छौ, कता हुन्छौ तर खोइ महाधिवेशन भनेर आयोगले भन्यो भने हामीलाई प्रेशर हुने भयो । हाम्रो अनुकूलमा त महाधिवेशन गरिनै हाल्छौ, दुई वर्ष अढाई वर्ष जहिले पनि गर्नसक्छौँ, तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ त्यो तनावमा हामी किन बस्ने रु एक छिनलाई कसैले अस्तिसम्म सम्मेलन भने आज महाधिवेशन भन्लान् तर त्यसको हामी मजाले जवाफ दिन सक्छौ ।

Ads

सम्बन्धित पोष्टहरू