काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ। महाधिवेशन ३ बजे उद्घाटन हुने छ ।
महाधिवेशनबाट माओवादीले २९९ जनाभन्दा बढीको केन्द्रीय कमिटी बनाउने भएको छ। १५ जनाको पदाधिकारी बनाउदै छ ।
महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुने छ ।
प्रस्तावमाथि महाधिवेशनमै छलफल गरिने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।
केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उनले नयाँ नेतृत्वका लागि महाधिवेशनमा केन्द्रको तर्फबाट प्यानल प्रस्तुत गरिने बताए। यदि सहमति हुन नसके निर्वाचन हुनसक्ने तर्फ महराले संकेत गरे ।
‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ। केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होलाु, महराले पेरिस डाँडामा भने, त्यसमा असहमत भएका साथीहरुले आफ्नो मत राख्न सक्नुहुन्छ। सहमति भयो भने निर्वाचनमा जाँदैन। सहमती भएन निर्वाचनबाटै नेतृत्व छानिन्छ।’
माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ।
कोभिड –१९ को कारण देखाउँदै विदेशी पाहुना बोलाइएको छैन। महाधिवेशन ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए।
प्रतिक्रिया दिनुहोस्