काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले पूर्व माओवादी एक हुने हो भने माओवादी जनयुद्ध सुरु हुदा गरेको प्रतिवद्धता पुरा गर्ने अठोट गर्नु पर्ने बताए ।
माओवादी केन्द्रको आठौ महाधिवेशनमा शुभकामना व्यक्त गदै गजुरेलले उक्त कुरा बताएका हुन ।
उनले भने ‘राष्ट्रिय स्वाधिनताका बारेमा माओवादीले समान धारणा राख्नु पर्छ । एमसीसी खारेज गर्नु पर्छ । नेपालले गुमाएका भूमि नक्सामा मात्र पाएका छौ भूमि पाएका छैनौ । त्यसको लागि प्रतिबद्धता गर्नु होस् । यो महाधिवेशनले यो ढोका खोलोस र एकताको लागि पहल गरौ ।’
अहिले कार्यदिशा नै फरक फरक भएकाले र केहि मुद्दा नमिल्दा एकता हुन नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्