Ads

राष्ट्रियताका लागि हामी एक हुनु पर्छः दुर्गा पौडेल


काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिलेको परिवर्तनमाथि चौतर्फि रुपमा हमला भएको बताएकी छन् ।

अहिलेको आवश्यकता उच्च प्रकारको एकता चाहिएको भन्दै भनिन ‘अहिले पनि प्रतिगमन मडारि रहेको छ । यो लाई चिर्नको लागि गठबन्धन आवश्यक छ । अहिले पनि सांसदको भूमिका संसदमा हुन्छ । तर अहिले पनि प्रतिगमनका विरुद्धका पार्टीहरु एक हुनु पर्छ । यसलाई अगाडि लैजानु पर्छ । हामीले ल्याएको उपलब्धि यतिकै छोड्नु हुन्न ।’

उनले उक्त कुरा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिदै बताएकी हुन ।

पौडेलले देश प्रतिगमनतर्फ गएमा फेरी ठूलो मूल्य चुकाउनु पर्ने बताएकी छन् । उनले भनिन् ‘अहिलेका उपलब्धीको संरक्षण गर्नु पर्छ । हामीबीच राजनीतिक विवाद हुन्छन् । छन् तर राजनेताले देशलाई एकता गर्ने हो । देशको राष्ट्रियताको आन्दोलनमा एक हुनु पर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू