काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले कुनै समयमा आफू पनि जयनुद्ध लडेको बताएका छन् । उनले माओवादीको आठौं महहाधिवेशनमा शुभकामना दिदै आफू , प्रचण्ड, सीपी गजुरेललगायतका नेताहरुले संगै जनयुद्ध लडेको बताएका हुन ।
अहिले पनि जनयुद्ध सम्बन्धि आयोगहरु अलपत्र रहेको बताए । वेपत्ता घाइते शहिदका परिवारले अहिलेपनि न्याय नपाएको बताए ।
यो देशमा गणतन्त्र आउनमा माओवादी जनयुद्ध र मधेश आन्दोलनका कारणमात्र संभव भएको दाबी गरे । उनले भने ‘संवैधानिक राजतन्त्र मानेका राजनीतिक दलहरुबाट गणतन्त्र सम्भव थिएन । गणतन्त्र लगायतको परिवर्तन माओवादी जनयुद्ध र मधेश आन्दोलनका कारण हो ।’
आज पनि परिवर्तनहरुका महत्वपूर्ण उपलब्धि धरापमा पर्ने देखिन्छ । कतै अलमलिएर जाने हो कि भनेर आसंका उब्जेको बताए । उनले भने ‘विगतका सरकारले गरेका गल्ती दोहराउने होइन । सच्याएर अगाडि जानु पर्छ । त्यसको अनुभूति जनताले पाउनु पर्छ ।’
संविधान जारी हुदा देशमा कहि बल्याक आउट भएको थियो अब ती बल्याक आउट गर्नेको लागि पनि संविधान संशोधन गर्नु पर्ने बताए ।
संसद अबरुद्ध गरेर केहि परिवर्तन हुदैन । माधव कुमार नेपाल संसदमा भएरु संसद अबरुद्ध गरेको भन्ने एमाले र माधवकुमार नेपाल एकै मंचमा भएको । सबैले माक्र्सवाद मानेको लाल झण्डा फराएकाले मिलेर जानु पर्ने यादवले बताए ।
नेपालको जटिल राजनीति परिस्थितीलाई तोडेर माओवादी पार्टी अगाडि बढोस भन्ने शुभकामना दिए ।
प्रतिक्रिया दिनुहोस्