काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माओवादी एकता गर्नु गल्ती नभएको तर जोगाउन सकिएन आत्मसमीक्षा गर्नु पर्ने बताएका छन् ।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गदै प्रचण्डले एकता जोगाउन नसक्नु आत्मसमीक्षाको विषय बनेको बताएका हुन् ।
आफ्नो पार्टीको महाधिवेशनमा विभिन्न दलका नेताहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बताएको भन्दै प्रसंशा गरेका छन् ।
प्रचण्डले राप्रपा, नेकपा माले, नेकपा एमाले र कांग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवाका अभिव्यक्तिप्रति आभार प्रकट गरे।
उनले भने, ‘अतिथि नेताहरूको बोलीमा कृत्रिमता कहीँ महसुस गरिनँ । देश, जनताको आकांक्षा पूरा गर्न कसरी सकिएला भन्नेबारे सबैको चिन्ता देखियो ।’
एमालेका महासचिव शंकर पोखरेलले शुभकामना मन्तव्य पनि महत्त्वपूर्ण रहेको बताए । पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको प्रस्ट पार्दै उनले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्