Ads

एमसीसी राष्ट्रघाती छैन, अरुले पनि पढुन्ः प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताए । देउवाले विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना दिदै देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न भनेका छन् ।

उनले भने, ‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो , एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो । राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन ।’

प्रधानमन्त्री देउवाले एमसीसीको रकम सित्तैमा आएको समेत बताए । उनले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डसँग कुरा भइरहेको भन्दै भने, ‘हाम्रो बिचमा छलफल हुँदैछ, प्रचण्डजीसँग पनि । यो सित्तै आएको पैसा हो, सित्त्तैमा आएको पैसा कसैले चाहिन्न भन्छ ?’

Ads

सम्बन्धित पोष्टहरू