काठमाडौं । नेकपा (माओवादी केन्द्र) जारी महाधिवेशनको बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुने भएको छ ।
आइतबार उदघाटन भएको महाधिवेशन आज दोस्रो दिनबाट बन्दसत्र सुरु हुने छ ।
सोमबारबाट सुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।
माओवादीले यो महाधिवेशनलाई विचारको महाधिवेशनको रुपमा चित्रण गरेको छ । महाधिवेशनमा सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । बन्दसत्र प्रज्ञा भवन कमलादीमा हुने भएपनि छलफलको लागि ठाउँ कम हुदा पार्टी कार्यलय पेरिसडाँडामा सामुहिक छलफल हुनेछ छ ।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादीले जानकारी दिएको छ ।
माओवादीले यो महाधिवेशनबाट नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने कार्यदिशा पास गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्