Ads

सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोमा कार्यरत दुई जना इन्जिनियरको मृत्यु


काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको बताइएको छ । निर्माणाधिन हाइड्रोपावर थुलुङ दुधकोशी गाउँपालिका–३ मा पर्छ । ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।

रेग्मीको घर अछाम हो भने थापाको घर काभ्रेको धुलिखेल रहेको बताइएको छ ।

सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ ।
दुबै मृतकको शव प्रभु हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको इन्स्पेक्टर ढकालले बताए ।

Ads

सम्बन्धित पोष्टहरू