काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो नाम दिइएको उक्त प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय राजनीतिको परिस्थिति, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू, पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखालगायत विषयहरू उल्लेख छन् ।
२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन
१. विषय प्रवेश
आज देशको समग्र राजनैतिक परिस्थिति निकै तरल र चुनौतिपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धीहरुमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन, निरङ्कुश तत्वहरुले टाउको उठाईरहेका छन् । विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरुका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनैतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतन्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।
निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरङ्कुश प्रवृत्ति र तत्वहरुका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनैतिक शक्तिहरुका बीचमा पनि नयाँ प्रकारको ध्रुबीकरण र मोर्चाबन्दी शुरु भएको छ। नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमन विरोधी र व्यापक जनदबाबका कारण तात्कालिन र कार्यनैतिक रुपमा देशी विदेशी प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडयन्त्रको योजना असफल भएको छ । तर, रणनैतिक रुपमा प्रतिक्रान्तिकारी षडयन्त्रका नयाँ नयाँ तानावाना बुन्ने षडयन्त्र भने रोकिएको छैन ।
वस्तुतः यो स्थिति भनेको नेपाली समाजमा विद्यमान वर्ग संघर्ष के राजनैतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्वहरु, दलाल नोकरशाही पूँजीपतीहरु र तिनका पृष्ठपोषक राजनैतिक दलहरु एकातिर एवं मजदूर किसानदेखि राष्ट्रिय पूंजीपति वर्गसम्म तथा परिवर्तनका पक्षधर राजनैतिक दलहरु उत्पीडित जाति सम्पूर्ण जाति समुदायदेखि देशभक्त, बुद्धिजीविसम्म अर्कातिर ध्रुवीकृत बनेर संघर्ष चलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ । यो ऐतिहासिक रुपले अनिवार्य संघर्षमा विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु आफ्नो राजनैतिक मुद्धालाई दृढताका साथ जन समुदायमा स्थापित गर्नु तथा आफ्नो आचरणलाई जन हित अनुकूल बनाउन अझ जोड गर्नुको विकल्प छैन ।
यस सन्दर्भमा स्पष्ट हुनु पर्दछ कि महान जनयुद्ध र ऐतिहासिक संयुक्त जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधान सभा, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्म निरपेक्षता सहित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ । तर, केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखापरेको वैचारिक राजनैतिक अस्पष्टता संगठनात्मक विभाजन एवं गुटवादी अराजकताका साथै शान्ति सम्झौता पछिका कतिपय राजनैतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनौं । यसको परिणाम, दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउने अवसर पाइरहेका छन् । यसको विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनैतिक कार्यदिशाको विकास गर्ने तथा तदनुकूल संगठनात्मक संरचना एवं कार्यशैलीको विकासका लागि सर्वाधिक जोड दिनुपर्ने छ ।
आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट वान्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरुको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसात गरिनु पर्दछ । विचारधारात्मक र राजनैतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नु पर्दछ । वित्तिय पूँजीवादका रुपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरु सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पादन सम्बन्धको वस्तुवादी आँकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनैतिक र सामाजिक विकासको ठोस अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारमा विकास र स्पष्टता हासिल गर्न सकिन्छ । विकासको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनैतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौति हाम्रो अगाडि छ ।
२१ औं शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताका हैसियतले जनतामा रहेको कम्युनिष्ट आन्दोलन प्रतिको भरोसाका दृष्टिले तथा विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुका बीचको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थिति समेतका कारण क्रान्तिकारी विचार, पार्टी र आन्दोलनको विकासको अवसर र चुनौति दुबै हाम्रा अगाडि छन् । विगतको निर्मम आत्मसमिक्षा, वर्तमानको वस्तुवादी विश्लषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रुपरेखा खिच्न सकिन्छ । हाम्रो यो बाठी राष्ट्रिय ूमहाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको त्यहि ऐतिहासिक कार्यभार पुरा गर्ने कुरामा दिनेछ । महान् जनयुद्ध, ऐतिहासिक संयुक्त जन(आन्दोलन, मधेस आन्दोलन लगायत
सम्पूर्ण उत्पीडित समुदायका आन्दोलनका अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, बेपत्ता एवं घाइते योद्धाहरु प्रति हार्दिक सम्मान गर्दै र उहाँहरुका परिवारजन प्रति उच्च सम्मान सहितको यो ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सहिदहरुको सपना पुरा गर्न निरन्तर अगाडि बढ्ने प्रतिज्ञा गर्दछ ।
२. संक्षिप्त पृष्ठभूमि सहित वर्तमान परिस्थितिको समीक्षा
(क) अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा
मानव जातिको विकास र सिर्जनासँग श्रमको अविछिन्न सम्बन्ध रहेको हुन्छ भन्ने तथ्य अब विज्ञानको स्वयंसिद्ध तथ्य जत्तिकै स्पष्ट छ । यसका साथै मानव जातिको जीवन यात्राको विकासक्रम पनि श्रम र उत्पादनका उपकरणहरुको विकास क्रमसँग जोडिएको तथ्य पनि वैज्ञानिक रुपले प्रमाणित भएको तथ्य हो । सिकार खेल्नका लागि ढुंगाका हतियारको आविस्कारबाट शुरु भएको श्रम शक्ति र उत्पादन उपकरणको विकास प्रक्रिया आगोको आविस्कार हुँदै आज सेटलाइट र डिजिटल सूचनाको युगसम्म आइपुगेको छ । मानव जातिको इतिहासलाई यसरी उत्पादक र सम्बन्धको क्रमसँग जोडेर हेर्ने कुरा नै ऐतिहासिक भौतिकवादको वैज्ञानिक सारतत्व हो ।
वस्तुतः आदिम साम्यवाददेखि दासयुग सामन्तवादी युग र पूँजीवादी युगसम्मको यात्रा मात्र होइन समाजवाद र साम्यवादसम्मको यात्राको आँकलन पनि यसै ऐतिहासिक भौतिकवादी विज्ञानको आधारमा गरिएको हो । आज मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगमा छ। श्रम र पूँजी बीच, समाजवाद र पूँजीवादका बीचमा साम्राज्यवादी गुटहरुका बीचमा तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीचका आधारभूत अन्तरविरोध अहिले पनि कायमै छन् । समग्रतामा आज पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रुपमा रहेको छ । तथापि पूँजीवादको विकासको अनिवार्य परिणतीका रुपमा आएको साम्राज्यवादको पतन र सर्वहारा क्रान्तिको विजय छिट्टै हुनसक्ने १९ औं शताब्दीको प्रारम्भिक चरणमा जुन आँकलन तात्कालिन परिस्थितिमा साम्राज्यवादी गुटहरुका बीचको अन्तरविरोध र मजदूर आन्दोलनको विकासका दृष्टिले गरिएको थियो । त्यो आँकलन उही रुपमा अगाडि बढ्न सम्भव भएन । अपितु साम्राज्यवादी पूंजीवादले नयाँनयाँ रुप धारण गर्दै आफ्नो आयु लम्बाई नै रहेको छ । आफ्नो विकासको प्रारम्भिक चरणमा प्रतिष्पर्धात्मक औद्योगिक पूंजीवादका रुपमा देखिएको पूँजीवादले दोस्रो चरणमा साम्राज्यवाद अर्थात एकाधिकार पूँजीवादको रुप धारण गन्यो भने अहिले तेस्रो चरणमा यो भू(मण्डलीकृत वित्तिय एकाधिकार पूंजीवादका रुपमा प्रकट भइरहेको छ ।
पूँजीवादका विरुद्ध समाजवादको संघर्षका दृष्टिले हेर्दा पहिलो चरणमा यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा वैज्ञानिक समाजवादको विचार संश्लेषणको रह्यो । यो विचार संश्लेषण कार्ल मार्क्स र फ्रेडरिक ऐड्गल्सले प्रकृति, समाज र मानवजातिको गहिरो अध्ययन र अठारौं शताब्दीमा तात्कालिन युरोपमा विकसित भइरहेको औद्योगिक पूँजीवादका विरुद्धको मजदूर आन्दोलन समेतको जगमा उभिएर गरिएको थियो। पूँजीवादका विरुद्ध समाजवादको विजयका लागि मार्क्सवादका रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विज्ञानको आविस्कार एउटा यस्तो युगान्तकारी आविस्कार हो जसले श्रमिक वर्ग र मानवजाति कै लागि समाजवाद र साम्यवादको स्वर्णीम भविष्यका निमित्त संघर्षको दिशानिर्देश गर्ने वैज्ञानिक हतियार प्रदान गयो दोस्रो चरणमा समाजवाद, साम्राज्यवादी पूँजीवादका विरुद्ध वैचारिक, राजनैतिक एवं ठोस वर्ग संघर्षका दृष्टिले समेत निकै आक्रमण र विजय उन्मुख अवस्थामा देखा पन्यो विभिन्न साम्राज्यवादी गुटहरु आ–आफ्नो पूँजीवादी स्वार्थका लागि पहिलो र दोस्रो विश्व युद्धमा होमिएर करोडौं मानिसहरुको संहार गरिएको निनद्वारा साम्राज्यवादी युगबारे त्यो परिस्थितिमा कमरेड लेनिनद्वारा साम्राज्यवादी पूँजीवाद निहित अन्तरविरोधको गहन अध्ययन सहित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगबारे नयाँ विचारधारात्मक संश्लेषण प्रस्तुत गरियो । मार्क्सवादका आधारभूत सिद्धान्तको निर्देशन एवं १९ औं शताब्दीको पहिलो चरणसम्म विकसित वर्ग संघर्ष एवं विज्ञानको विकास समेतको गहन विश्लेषण र संश्लेषणका आधारमा पहिलो विश्व युद्धका बीचमा कमरेड लेनिनकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल भयो । लेनिनवादका रुपमा स्थापित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग सम्बन्धी नयाँ विचार संश्लेषणले विश्वभरि क्रान्तिका लागि नयाँ आधार र उर्जा प्रदान गयो । लेनिनले विकसित पूँजीवादी देशहरुका लागि मात्र होइन अविकसित किसान बहुल एवं उपनिवेशवादको शिकार रहेका देशहरुका निमित्त समेत पूँजीवादी जनवादी क्रान्ति र समाजवादी क्रान्ति अगाडि बढाउने सन्दर्भमा ऐतिहासिक महत्वका सैद्धान्तिक प्रस्तावनाहरु अगाडि सार्नु भयो ।
मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्तको निर्देशन एवं दोस्रो विश्व युद्धको विशिष्ट परिस्थितिमा कमरेड माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यो । र लगत्तै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्यो। उपनिवेशवाद र सामन्ती उत्पीडनको शिकार रहेका विशाल ग्रामिण इलाकाहरुका किसानहरुलाई मजदूर वर्गको नेतृत्वमा क्रान्तिमा सामेल
गराएर कमरेड माओको नेतृत्वमा सफल भएको चिनियाँ क्रान्तिले विश्वशक्ति सन्तुलनलाई समाजवादको पक्षमा ल्याउन ठूलो योगदान गयो पूर्वी समाजवादी देशहरु एवं कोरिया क्यूवा, भियतनाम लगायतका देशहरुको क्रान्तिको सफलताले नयाँ शक्ति सन्तुलनको स्थितिलाई स्पष्ट गर्दछ ।
उपरोक्त परिस्थितिमा प्रत्यक्ष वर्ग संघर्षबाट समाजवादको विजय अभियानलाई रोक्न असमर्थ र असम्भव भएपछि पूंजीवावने मजदूर आन्दोलनमा फट पार्ने तथा कम्युनिष्ट पार्टी भित्रै जाफ्ना दलान तयार पार्ने षडयन्त्रलाई पुरै शक्तिका साथ नियोजित रुपमा अगादि बढाउनुका साथै आ(आफ्ना देशमा संभावित कान्ति रोक्न समाजवादका कयौं लोकप्रिय योजना आफै लागु गर्ने काम समेत गर्न थाले रुसमा लेनिनको अवसान पछि समाजवाद निर्माणको सन्दर्भमा कमरेड स्तालिनबाट हुन गएका वर्ग संघर्ष र वैचारिक संघर्षका बीचको सम्बन्धका विषयमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादसँग मेल नखाने मनोगत र अधिभूतवादी कतिपय कमजोरीका कारण पनि पार्टीभित्र गुलत तत्व लुकेर बस्ने अवसर प्राप्त गरेको देखिन्छ । कमरेड स्तालिनको अवसान पछि ती लुकेर बसेका अवसरवादीहरुले समाजवाद र कम्युनिष्ट पार्टीलाई आवरणका रुपमा प्रयोग गरेर पूंजीवादी प्रतिक्रान्तिको अभ्यास शुरु गरे ।
रुसमा देखिएको प्रतिक्रान्तिको अनुभव समेतलाई गहिरो अध्ययन गरी कमरेड माबोले समाजवादी चरणमा वर्ग संघर्षको स्थितिबारे गम्भीर विश्लेषण गर्नुभयो । रुसमा पूँजीवादको पुनःस्थापनासँगै आफ्नै पार्टी मित्र देखापरेका गलत विचार र प्रवृतिका विरुद्ध संघर्ष समेतको संश्लेषण गर्दै समाजवादमा वर्ग संघर्ष र कान्तिको निरन्तरता सम्बन्धी महत्वपूर्ण सैद्धान्तिक प्रस्तावनाहरु अघि सार्नुभयो । यसरी कमरेड मायोका योगदानकै कारण मार्क्सवाद(लेनिनवाद, मालेमावादमा विकसित हुन पुग्यो।
उपरोक्त ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिमा आजको कम्युनिष्ट क्रान्तिकारीहरुका अगाडि कमरेड माओको निधन पश्चात सोभियत संघ र पूर्वी युरोपका देशहरुमा कथित समाजवादको औपचारिक विघटन एवं भूमण्डलीकृत वित्तिय एकाधिकार पूँजीवादको हमला समेतका कारण रक्षात्मक स्थितिमा धकेलिएको समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने अहम् प्रश्न रहेको छ । मा.ले.मा. को सैद्धान्तिक दिशा निर्देशनमा भूमण्डलीकृत वित्तिय एकाधिकार पूंजीवादको विशेषताहरु, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको कान्तिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभाव समेतको वस्तुवादी विश्लेषणका आधारमा आजको कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ चरणको समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास र परिमार्जन गर्नु अनिवार्य छ । अर्को भाषामा प्रतिक्रान्तिका अनुभवसहित मार्क्सवादको बृजनात्मक विकास र परिमार्जन
आवश्यक छ । प्रतिश्पर्धात्मक औद्योगिक पूँजीवादको चरणमा बैंक र वित्तिय संस्थाहरुको भूमिका उत्पादनका निमित्त पूंजी लगानी गर्ने सहयोगी संस्थाहरुका रुपमा थिए । तर, आजको भूमण्डलीकृत वित्तिय पूँजीवादको चरणमा बैंक र वित्तिय संस्थाहरुको त्यो भूमिकामा परिवर्तन आएको छ । पूंजीपतिहरुको हातमा अत्यधिक केन्द्रीकरण भएको अत्यधिक पूँजीलाई उत्पादनको क्षेत्रमा नभई मुख्यतः वित्तिय क्षेत्रमा लगानी गरी छोटो समयमा अत्यधिक मुनाफा लिनु नै वित्तिय पूंजीवादको प्रमुख विशेषता हो । उत्पादनको क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा माल मुद्राको स्थान अब मुद्रा लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको छ ।
दोस्रो विश्वयुद्ध पछि अमेरिका र बेलायतले पहिले शुरु गरेको वित्त क्षेत्रमा पूँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरुको आमचरित्र बनेको छ । उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पूंजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पूँजी पलायन हुनुको मुख्य कारण पूंजीपतिहरुको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो। उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै मेहनत पनि धेरै गर्नुपर्ने, मजदूर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने कारणले नै पूँजीपतिहरुले अरुको सम्पत्ति हडपेर छोटो समयमा अकूत सम्पत्ति आर्जन गर्न नै पूँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन् । यस सन्दर्भमा नेकपाको राजनैतिक प्रतिवेदनका पृष्ठसंख्या ३ मा निम्न निश्कर्ष यहाँ सान्दर्भिक छ, ूमुठ्ठीभर पूँजीवादी घरानाहरुका हातमा पूंजीको अत्यधिक संकेन्द्रण, वित्तिय एकाधिकार पूंजीमार्फत नवऔपनिवेशिक शोषण, विश्व वित्तिय संस्थाहरु र बहुराष्ट्रिय निगमहरुमार्फत् विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास, नवउदारवादी विचारधारा व्यक्तिवाद र उपभोक्तवादलाई प्रश्रय एवम् विश्वलाई पूँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रुपमा रहेका छन् । अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरु मार्फत विश्वव्यापी रुपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चश्व कायम गर्ने प्रयास भइरहेको छ । औद्योगिक तयारी वस्तुहरुको निर्यातभन्दा पनि वित्तिय पूँजीको निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरु मार्फत विश्वव्यापी वित्तिय एकाधिकार कायम गर्ने प्रयास भइरहेको छ । अर्थतन्त्रको निर्धारक तत्व खुला बजारलाई बनाउँदै राज्यलाई नियमनकारी संस्थाको रुपमा सीमित गर्न खोजिएको छ । सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङ्गमार्फत श्रमजीवि वर्गलाई विभाजित, असुरक्षित र पराषित बनाइएको छ । विज्ञान र प्रविधिमार्फत विश्वले बार्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता बञ्चित छन् । आजको विश्व वित्तिय पूंजीवादले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुका माध्यमबाट वित्तिय एकाधिकारका दलालहरुको सञ्जाल तयार गरी नयाँ प्रकारको नवऔपनिवेशिक प्रणाली थोपर्ने प्रयास गरिरहेको छ ।
पूंजीवाद र साम्राज्यवादको नवीनतम् अभिव्यक्तिका रुपमा विश्व वितिय पूँजीवादले बाज विश्व श्रमिक समुदाय र उत्पीडित राष्ट्रहरूमाथि शोषणका नयाँ सुक्ष्म रूपहरू पोपरिरहेको छ।ू ९नेकपा राजनैतिक प्रतिवेदन, पृष्ठ संख्या ३०
भूमण्डलीकृत साम्राज्यवाद र वितिय पूँजीवादलाई सही सावित गर्न पूँजीवादी विचारकुहरुले नवउदारवादको नीति अघि सारेका छन्। प्रत्यक्ष हस्तक्षेपको परिणाम राम्रो नहुने अनुभव दुई विश्व युद्धबाट हासिल गरेका विभिन्न साम्राज्यवादी गुटहरुले अप्रत्यक्ष हस्तक्षेप नै उपयुक्त हुने निश्कर्ष निकाले त्यस अनुसार आपसमा मिलेर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरीब देशहरुको दोहन गर्ने नीति लिन थाले । निजीकरण र उदारीकरणको पक्षपोषण गर्ने नवउदारवादलाई यो सन्दर्भमा साम्राज्यवादले आफ्नो हतियारका रुपमा प्रयोग गरिरहेको छ । नवउदारवादी अर्थशास्त्रीहरुले सूचना, संचार, यातायातमा भएको अभूतपूर्व विकासले विश्वका देशहरुलाई यसरी जोडेको छ कि अब राष्ट्रियताको घेरा भित्र खुम्चिएर एक्लै अर्थतन्त्रको विकास गर्न सकिदैन, प्रत्येक देशले आफूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पर्दछ उदारवादी अर्थनीति अपनाउनु पर्दछ र सिमानाका बार बन्देज भत्काएर निर्वाध रुपमा पूँजी र माल सामानलाई आवत जावत गर्न दिनु पर्दछ भन्ने गर्दछन् ।
पुंजीबादी देशहरु आश्चर्य त के छ भने यस्तो प्रचार गर्ने पूंजीवादी देशहरु स्वयं भने त्यो नीति लागु गर्दैनन् । आफ्ना लागि त उनीहरु संरक्षणवादको आडमा देशको अर्थतन्त्र अझ बलियो बनाउने काममा लागि परेका छन्। निजीकरण र उदारीकरणको कुरा त केवल विश्वका गरीब देशहरुको अपार प्राकृतिक श्रोत र सस्तो श्रमशक्तिको दोहन गर्ने प्रयोग गरिएको केमोल्फज मात्र हो । वस्तुतः आज विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, नाटो जस्ता संयन्त्रका सञ्चालक सबैमा विश्वका ठूल्ठूला एकाधिकार पूँजीपतिहरु नै रहेका छन् ।
सूचना, सञ्चार र यातायातमा भएको विकासलाई वित्तिय पूंजीवादले उत्पादनलाई विकेन्द्रीकृत रुपमा जहाँ सस्तो श्रम र साधन उपलब्ध हुन्छ त्यहि गर्ने गरेको छ । नेटवर्क र साइबरको विकासले गर्दा बहुराष्ट्रिय कम्पनीहरुले एउटा वस्तुको उत्पादन एकै ठाउँमा नगरी एउटा ब्राण्ड र मोडलका माल सामान विश्वका विभिन्न ठाउँमा गर्न थालेका छन् । आजभोलि त कम्पनीहरुले विभिन्न देशका साना कम्पनीहरुलाई एउटै सामानका अलग पाटपूर्जा उत्पादन गर्न लगाई अर्कै एक ठाउँमा जोडजाड़ गरेर बजारमा पठाउने काम पनि गर्न थालेका छन् । उत्पादन लागत घटाउन र बजारको सुनिश्चितताका लागि यसो गर्ने गरिएको छ । वित्तिय पूँजीवाद अन्तर्गत उपरोक्त प्रक्रियाबाट पूँजीको चरम केन्द्रीकरण भयो । पूँजीको यो चरम केन्द्रीकरणबाट उत्साहित भएका पूँजीवादी अर्थशास्त्रीहरुले अब
७.पूंजीवादको विश्वव्यापी अभियानलाई रोक्ने कुनै तागत छैन, पूंजीको बाटोमा आइपर्ने सारा बन्देजहरु भत्काइएको निकै होहल्ला गरे विज्ञान र प्रविधिमा भएको विकासलाई नव उदारवादी पूंजीवादका प्रवक्ताहरुले भूमण्डलीकृत पूँजीवादको अर्थात् आजको सन्दर्भमा वित्तिय एकाधिकार पूँजीवादको औचित्य पुष्टीको प्रमाणका रुपमा प्रस्तुत गर्ने कुचेष्टा गरिरहेका छन् । जवकि वास्तविक धरातलमा भने विज्ञान प्रविधि मुख्यतः सूचना, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले धनी र गरीबका बीचको खाडललाई विश्वव्यापी रुपमा चर्काएर विश्व समाजवादी क्रान्तिको वस्तुगत आधारलाई नै बलियो पारिरहेको छ ।
नवउदारवादीहरुको प्रचारवाजी चलिरहँदा पुँजीबजारमा अन्तर्निहित अन्तरविरोधका कारण वित्तिय पूंजीवादको कथित सुधार भयानक संकटका रुपमा विस्फोट भयो । पूँजीको अत्यधिक केन्द्रीकरण अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्ति राष्ट्र एवं बहुराष्ट्रिय निगमहरुका बीचमा नाफाका लागि हानथाप आदि कारणले पूँजीवादी अर्थशास्त्रीहरुले ुरामवाणु का रुपमा प्रचार गरेको निजीकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा खुस्कियो । विश्वमा पहिला कहिल्यै नदेखिएको आर्थिक मन्दीको चपेटामा स्वयं साम्राज्यवादी देशहरु नै पर्न गए । सन् २००८ बाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीबाट पश्चिमका कतिपय मुलुकहरु अझै बाहिर निस्कन सकेका छैनन् । कैयौं वित्तिय संस्था, घरजग्गा कारोबार (रियल स्टेट कम्पनीहरु, उद्योगहरु टाट पल्टिएका छन् । सङ्कटकै कारण कतिपय मुलुकमा सरकार परिवर्तन भएका छन् । राज्यले अर्को लगानी गरेर त्यस्ता व्यवसायलाई उद्धार गर्न खोजे पनि समस्या कायमै छ । सीमित पुँजीपतिहरुको स्वार्थ रक्षाका लागि ती देशका सरकारहरुले मितव्ययिता का नाममा शुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षामा नियन्त्रण र मजदुर तथा कर्मचारीहरुको निस्कासनले गम्भीर सामाजिक समस्या उत्पन्न गर्दै लगेको छ । (नेकपाको राजनैतिक प्रतिवेदन, पृष्ठसंख्या ५ )
यो आर्थिक संकटसँगै विश्वव्यापी रुपमा आर्थिक, सामाजिक समस्याका विरुद्ध विभिन्न स्वरुपका आन्दोलनहरु भएका छन् । स्वयं संयुक्त राज्य अमेरिकामा नै ुवाल स्ट्रीट कब्जा गरु, ुपूंजीवाद संकटमा छु भन्ने नारा घन्किए । त्यो आन्दोलन दर्जनौ पूँजीवादी देशका झण्डै ९०० शहरमा फैलियो । स्कूल कलेजका हजारौं छात्रछात्रहरु आन्दोलनमा सरिक भए । यो संकटसँगै तथाकथित एक धवीय विश्वको साम्राज्यवादी सपना पुरा नहुने यथार्थ स्पष्ट भएको छ । विश्व झन् तिब्रतामा बहुध्रुवीय बन्दै गएको छ । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा सम्लग्न रहने स्पष्ट संकेत गरेको छ । रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीतयुद्धकालिन मानसिकताका साथ चीन र रुससँगको प्रतिश्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ । वाइडन प्रशासनले अमेरिका र चीन बीचको संघर्ष लोकतन्त्र र निरङ्कुशताको लडाईंको रुपमा लिएको छ। रक्षा मन्त्रालयको समीक्षामा लेखिएको छ, ूहिन्द प्रशान्त क्षेत्रमा यस समीक्षाले साझेदार र सहयोगीहरुसँग थप सहकार्य गर्न निर्देशन दिएको छ भन्ने कुरा स्पष्ट उल्लेख छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाने बेलागत र अस्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य बडा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ । आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यहि रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका बफ मात्र नभई आफना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रुपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन।
आज विशुद्ध पूंजीवादी मुनाफाका लागि अन्धाधुन्ध खोलिएका कलकारखानाबाट निस्किने धुवाँले व्यापक मात्रामा वायुमण्डललाई प्रदुषित गरेको छ । आधुनिक खेतीका नाममा प्रयोग गरिएका जैविक इन्धनबाट चल्ने मेसिनहरुको प्रयोग, रासायनिक मल, कीटनाशक औषधीको प्रयोग आदिले समेत वातावरणलाई प्रदुषित गर्दै वायु मण्डलमा अत्यधिक कार्बन उत्सर्जन गरिरहेका छन् । वन विनाशको प्रक्रिया अनियन्त्रित छ । यातायातका साधनहरुको प्रयोगबाट निस्किने कार्बन समेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । चौतर्फि पर्यावरण विनाशको क्रममा वृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ । जमिनको मरुभूमिकरण बढ्दो छ पिउने पानीका मुहानहरु सुक्दै छन्, महासागरमा पानीको तापक्रम पनि बढ्दो छ, प्रकृतिका बरदान कयौं जडीबुटी स्थानीय नश्लका जीवजन्तु र महासागरका कयौ प्राणीहरु लोप हुँदै गएका छन् । तापक्रमको वृद्धिको असरले अन्टार्कटिका र ग्रीनल्याण्डमा रहेका वरफका तहहरु पग्लदै गएर सामुद्रिक सतह बढ्न थालेको छ जसले गर्दा समुद्रको किनारमा रहेका देशहरु डुब्ने खतरा उत्पन्न भएको छ । हिमालय पर्वत श्रृङ्खलाबाट हिउँ पग्लने प्रक्रियाको कारण यसका वरिपरि रहेका देशहरुको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन भएर प्रकृति, जीवजन्तु र मानिसहरुकै भविष्य खतरामा परिरहेको छ ।
सिधा र स्पष्ट छ कि प्रकृति र मानव जातिमाथि देखा पर्दै र बढ्दै गएका उपरोक्त प्रकारका संकटहरुको प्रमुख कारण पूँजीवादको उत्पादन र वितरण प्रणाली नै हो । पूँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो । यो प्रणालीले उत्पादन प्रक्रियामा प्रकृति, समाज र मानव जातिलाई हुने हानी नोक्सानीबारे हिसाब गरेर योजनावद्ध विकासमा होइन नाफाका निमित्त मात्र अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट आइपरेको छ । अतः आज कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक शक्तिहरुले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने र साम्राज्यवादी उत्पादन प्रणालीका विरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्धालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नु पर्दछ ।
उपरोक्त विश्लेषणबाट निस्किने निम्न निश्कर्षलाई गम्भीरतापूर्वक आत्मसात गरी अगाडि बढ्ने नयाँ सङ्कल्प लिनु आजका कम्युनिष्ट क्रान्तिकारीहरुको ऐतिहासिक दायित्व हो ।
(क) भूमण्डलीकृत सामाज्यवाद र वित्तिय पूंजीवादीको र प्रकृति र मानवजातिको हित विरोधी चरित्रको व्यापक खण्डन, आलोचना र भण्डाफोर गर्दै २१ औं शताब्दीमा नयाँ समाजवादी क्रान्तिको अनिवार्यताबारे निरन्तर व्यवस्थित र योजनावद्ध रुपमा जन समुदायमा प्रचार गर्ने ।
(ख) मा. ले. मा. को आधारभूत सिद्धान्तको निर्देशनमा सबै खाले जडता, यान्त्रिकता र आत्मसमर्पणवादका विरुद्ध सशक्त विचारधारात्मक संघर्ष चलाउँदै वित्तिय एकाधिकार पूंजीवादका रुपमा प्रकट भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध प्रतिक्रान्तिका अनुभवहरुको समीक्षा सहित “२१ औं शताब्दीको नयाँ समाजवादू लाई नयाँ विचारको रुपमा विकसित र स्थापित गर्न जोड गर्नु पर्दछ ।
३ आजको साम्रज्यवादले स्थानीय स्तरमा गएर आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधन स्रोतदेखि हक र पहिचान माथि हमला गरिरहेको कुरालाई स्पष्ट गर्दै व्यापक रुपमा स्थानीय सामुदायिक मोर्चा कायम गरी प्राकृतिक साधन श्रोतमाथि स्थानीय जन समुदायको अधिकार कायम गर्न तथा समुदायको आर्थिक राजनैतिक र सांस्कृतिक पहिचान र अधिकार स्थापना गर्ने अभियानलाई तीव्रता दिनु पर्दछ ।
४. राष्ट्रिय सीमा भत्कियो भन्ने नवउदारवादीहरुको प्रचारका विरुद्ध आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रका विकास तथा वित्तिय एकताधिकार पूँजीवादको पक्षपोषण गर्ने, दलाल नोकरशाही पूँजीवादका विरुद्धको संघर्षलाई नयाँ उचाईमा उठाउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।
(ख) संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनैतिक परिस्थिति
प्राकृतिक र भौगोलिक रुपले स्वच्छ एवं उर्वर भूखण्ड नेपालमा आदिम कालदेखि नै मानव सभ्यता र समाजको विकास भएको तथ्य वैदिक, वागभय, उपनिषद् साहित्य, त्रिपिटकहरु, सुत्रसहित एवम् विभिन्न काव्य ग्रन्थहरुबाट मात्र होइन अपितु आधुनिक वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भएका छन् । सन् १९८० मा गरिएको वैज्ञानिक
१०.अन्वेषणबाट पाल्पा दोभानको तिनाउ नदी किनारमा भेटिएको दाँतको अवशेषको व्यालिओम्याग्नेटिक विधिबाट अमेरिकामा विशेष परीक्षण गर्दा १ करोड १० लाख वर्ष पुरानो भन्ने प्रमाणित भएको छ । यसबाट स्पष्ट हुन्छ कि नेपाल परापूर्वकालदेखि नै मानव सभ्यताको विकासको आदि थलो हो ।
फिरन्ते युगबाट जबजब समाज पशुपालनको युगमा प्रवेश गयो त्यति बेलादेखि नै नेपालका विभिन्न भू(भागमा कविलाई गणराज्यहरुको विकास हुन थालेको देखिन्छ । उत्पादक शक्तिको विकास प्रक्रियामा पशुपालनबाट खेतिपाती र सामान्य बन्द व्यापार हुँदै त्यसप्रकारका गणराज्यहरुको विकास र विस्तार हुँदै आएको पाइन्छ । पहाडी भू(भागको पहिलो र बलियो गणराज्यका रुपमा स्थापित किरांत गुणराज्यमाथि दक्षिणबाट मगध साम्राज्यसँग पराजित लिच्छवीहरुको हमला र विजय पश्चात प्रारम्भिक रुपमा गणराज्यहरु क्रमशः वंश परम्परामा चल्ने सामन्ती राजा रजौंटामा परिणत हुँदै गए उत्पादक शक्तिको विकाससँगै पहिलेका प्रकृति पुजक कविलाई गणराज्यहरु ९जसमा मातृसत्ताको प्रचुरता भेटिन्छ० क्रमशः विभिन्न वंशका राजा रजौटा हुदै बाइसे चौविसे राज्यसम्म विकास भएको हो । इतिहासको ऐतिहासिक भौतिकवादी व्याख्याले मात्र वर्तमानलाई बुझ्न र भविष्यमा जनताको हित गर्न वैज्ञानिक मार्ग प्रशस्त गर्न सकिने विश्वासका साथ कमरेड पुष्पलालले ुनेपालमा मातृसत्तात्मक समाज लेख्नुभएको हो । उहाँले सो पुस्तकमा भन्नुभएको छ, ूनेपालमा आदिम युगमा मातृसत्तात्मक समाज थियो । मातृसत्तात्मक समाजको अस्तित्वलाई मान्नुको मतलव आदिम साम्यवादी समाजको अस्तित्वलाई मान्नु हुन्छ । यो सिद्ध भएपछि आजसम्म हामीमा रहेको यो गलत धारणा समाप्त हुन्छ कि नेपालको इतिहास मञ्जुश्री अथवा ने मुनिबाट शुरु भएको हो । सबैभन्दा ठूलो कुरा त नेपालको इतिहासलाई पारलौकिक शक्ति पुराण तथा धार्मिक दृष्टिकोणबाट मुक्त गरि ऐतिहासिक भौतिकवादको स्तरमा बढाउँदछ। यसै दृष्टिकोण अनुसार नेपालको इतिहासको खोजी गरेमा हामी आफ्नो वास्तविक राष्ट्रिय परम्परा पत्ता लगाउन सक्ने छौं र नेपालमा देखिएका प्रत्येक प्राचिन संस्थाहरुको भौतिकवादी व्याख्या दिन सक्ने छौं र राष्ट्रिय एकतालाई बलियो पार्ने खँदिलो आधा तयार गर्न सक्दछौं।ू यो नै इतिहासको अध्ययन गर्ने सही दृष्टिकोण हो । सामन्ती शासकहरुले नेपालको लामो समयदेखि इतिहासलाई राजा महाराजाको र दैवीशक्तिको धार्मिक अन्धताका रुपमा व्याख्या गर्दै आएका छन् । यसको ठीक विपरित भौतिकवादी विज्ञानले इतिहासलाई निश्चित देशकालमा विकसित भएको निश्चित उत्पादन प्रणालीसँग जोडेर हेर्न सिकाउँदछ ।
त्यस अनुसार नेपालमा रहेका भुरे टाकुरे राज्यहरु उत्पादक शक्तिको विकासमा (बाधक बन्दै गएपछि नै एउटै विशाल नेपालको निर्माणको वस्तुगत आधार तयार भएको हो मौलिकता र विशेषता हो । यहि मौलिकता र विशेषतामा टेकेर नै समाजवाद उन्मुख, समावेशी र समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएको हो । यहि मौलिकता र विशेषतामा नै अबको नयाँ समाजवादी क्रान्तिका रणनीतिका चुनौति र अवसर अन्तर्निहित रहेका छन् । बुर्जुवा वर्गसँग सम्झौता गरेर प्राप्त गरिएको यो सफलता मित्र समाजवादी क्रान्तिको नयाँ रणनीति अन्तर्गत सामन्तवादका अवशेषका विरुद्धको तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई समेत जोडेर अगाडि बढाउनु पर्ने आवश्यकता अन्तर्निहित रहेको छ । यसको अर्थ हुन्छ कि नेपाली समाजवादी क्रान्तिको विचार, रणनीति र कार्यनीति निकै मौलिक विशिष्ट र चुनौतिपूर्ण हुनेछ । हामीले दलाल नोकरशाही पूंजीवादका विरुद्ध संघर्ष गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको मूल नीति अन्तर्गत राष्ट्रिय पूँजीको विकास गर्न सहकारी, निजी, सार्वजनिक क्षेत्रको बीचमा सहकार्य गर्दै जनतामा सामाजिक न्याय र समृद्धिको प्रत्याभूत सहित समाजवाद उन्मुख संक्रमणकालिन कार्यनीतिको श्रृङ्खला पार गर्नु पर्दछ ।
आज देशको राजनैतिक परिस्थितिमा रहेका सम्भावना र चुनौति वर्तमान संविधानलाई रक्षा र विकास गर्दै समाजवाद उन्मुख यात्रा प्रारम्भ गर्ने वा संविधानमा रहेको प्रगतिशील र जनपक्षीय चरित्रलाई र अन्ततः संविधानलाई नै खारेज गरेर प्रतिगामी यात्रा तिर लाग्ने भन्ने प्रश्नमा केन्द्रित भएका छन् । क्रान्तिमा पराजित सामन्ती तत्वहरु दलाल नोकरशाही पूँजीपतिहरु र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु संविधान खारेज गराउने षडयन्त्रमा लागि रहेका छन् भने कम्युनिष्ट क्रान्तिकारी देखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्तिहरु संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेका छन् । यहि वर्गीय राजनैतिक अन्तरविरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ।
असंवैधानिक र निरङ्कुश तवरबाट पटक पटक प्रतिनिधि सभाको घिटन गर्ने संविधान र ऐनको व्यवस्था विपरित राजनैतिक दलहरुलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावना विपरितका क्रियाकलापहरु गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौति दिँदै अनाहकमा प्रतिनिधि सभाको बैठक गर्ने अवरुद्ध, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरङ्कुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने आदि जस्ता कामहरु नै प्रतिगामी तत्वहरुले चलाइरहेका गतिविधिहरु हुन् । त्यसको ठीक विपरित संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निमित्त ुवाम लोकतान्त्रिक शक्तिहरु मोर्चावद्ध रुपमा अगाडि बढेर सफल पनि हुँदै गइरहेका छन् । तथापि आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले आफ्नो प्रतिगामी षडयन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाउने जमर्को गरि नै रहेका छन् । कहिले कार्यपालिका त कहिले व्यवस्थापिक कहिले न्यायपालिका त कहिले धार्मिक सहिष्णुता माथि हमला गरेर अस्थिरता सिर्जना गर्ने र देशलाई प्रतिगमनको अंध्यारी सुरुड्गमा हाल्ने प्रतिक्रियावादी कसरत रोकिएको छैन । उपरोक्त पृष्ठभूमिका हामीले निम्न अनुसार अगाडि बढ्नु पर्दछ।
(क) परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सबैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैचारिक, राजनैतिक, सांगठनिक र सांस्कृतिक रुपले बलियो पार्न र जनसम्बन्धलाई घनिष्ठ पार्न जोड लगाउनुको विकल्प छैन भन्ने ऐतिहासिक यथार्थलाई दहोसँग आत्मसात गर्नु पर्दछ । प्रतिक्रियावादी र प्रतिगामी शक्तिका जुनसुकै षड्यन्त्रको सशक्त प्रतिवादका लागि सडक, सदन र सरकारको तीनवटै मोर्चालाई प्रभावकारी बनाउन जोड गर्नु पर्दछ । यी तीन वटै मोर्चा मध्ये राष्ट्र र जनताको हितसँग शक्तिशाली रुपले जोडिने मोर्चा अन्ततः सडककै मोर्चा हो भन्ने यथार्थलाई कम्युनिष्ट क्रान्तिकारीहरुले दहोसँग समातेर त्यसको तयारीमा लाग्नु पर्दछ। सडकबाट नै कान्ति र परिवर्तन सम्भव भएको तथा मुख्यरुपमा सडकबाट नै प्रतिनिधि सभा विघटन गर्ने प्रतिक्रियावादी षडयन्त्र विफल भएको तथ्यलाई कहिल्यै बिर्सन हुँदैन । सुदृढ पार्टी व्यापक जन संगठन, घनिष्ट जन सम्बन्ध एवं राष्ट्र र जनताका निमित्त कठोर संघर्षको तयारी नै हाम्रो विजयको प्रमुख आधार हुन् ।
(ख) प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दवाब हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर अगाडि बढाएर मात्र जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको रणनैतिक आधार तयार पार्न सकिन्छ । आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका जनताको पहिचान र अधिकारलाई स्थापित गरेर मात्र वाह्य हस्तक्षेपका विरुद्ध लड्न सकिन्छ ।
(ग) आजको ठोस राजनैतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षाका मुद्धामा समान विचार राख्ने वामपन्थी र लोकतान्त्रिक राजनैतिक दलहरुका साथै सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरुसँग व्यापक संयुक्त मोर्चा कायम गरी प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिका विरुद्ध संघर्षको तयारीलाई गम्भीरतापूर्वक अगाडि बढाइरहनु पर्दछ ।
(घ) समाजवादी आर्थिक आधार तयार पार्न समाजवाद उन्मुख आर्थिक नीति जसमा सामाजिक न्याय सहित सहकारी सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति, योजना र कार्यक्रमको विकास गर्न जरुरी छ । स्थानीय र समुदायको तहदेखि उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा सांस्कृतिक रुपान्तरणको योजनाद्वारा जन
१४.विकासले नयाँ फड्को मारेको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा समेत नयाँ प्रविधिको विकासले निकै सहज, सरल, सुरक्षित, छिटो र छरितो बनाइदिएको छ ।
ूत्यसैगरि वास्तुकला कपडा उत्पादन, फेसन डिजाइनिग विभिन्न धातुहरुको उत्खनन र प्रशोधन, जीवस्म इन्धनको उत्पादन र प्रशोधन, पृथ्वीको भित्री सहतमा रहेका रासायनिक पदार्थको सहज उत्खनन् प्रशोधन र प्रयोग, शहरीकरण र बजारको विस्तार, उर्जाको सञ्चिति, जल विद्युत आयोजनाहरुको निर्माण र विद्युत उत्पादन, सौर्य उर्जाको प्रयोग, नवीकरणीय उर्जा, वायु उर्जाको साथै फोहोर प्रशोधनका माध्यमबाट उर्जा उत्पादनको काम चिकित्सा विज्ञान, आधुनिक हतियार उत्पादन, यातायात, शिक्षमा इ लर्निङ्ग लगायत मानव जीवन र उत्पादन प्रक्रियामा प्रत्यक्ष असर वाने अनगिन्ती रुपमा प्रविधिको प्रयोग भइरहेको छ । विभिन्न किसिमको रोबोर्टहरुले मानिसको भौतिक श्रमलाई मात्र होइन मानसिक श्रमलाई समेत सहयोग गर्न थालेका छन्। मेसिनहरुको सञ्चालनदेखि भौतिक रासायनिक र गणितका अनगिन्ती समस्याहरुको समाधानमा समेत रोबोर्टले काम गर्न थालेका छन् । यस सन्दर्भमा पूंजीवादी दार्शनिक युवन नोआ हरारे सम्मले कृत्रिम वौद्धिकताको सीमाहीन विकासले मानिस र सफ्टवेयर सञ्चालित मेसिन एकअर्काका पुरक होइन बरु एकले अर्कालाई विस्थापित गर्ने खतरा प्रति सचेत गराएका छन् ।
विज्ञान प्रविधिको अभूतपूर्व विकासले मानवीय श्रम शक्तिको प्रभावकारिता सहित उत्पादक शक्तिको विकासमा गुणत्मक योगदान अवश्य गरेको छ । तर सापेक्षतावादको सिद्धान्तको आविस्कारले द्वन्द्वत्मक तथा ऐतिहासिक भौतिकवाद र वैज्ञानिक समाजवादको सिद्धान्तलाई थप पुष्टि गरेको कुरा स्वयं अल्बर्ट आइन्सटाइनले नै स्वीकार गरेका थिए । यसैगरि क्वान्टम मेकानिक्सदेखि आजको डिजिटल युगसम्मका कुनै पनि विज्ञान प्रविधिका आविस्कारले द्वन्द्वात्मक भौतिकवाद गलत सावित गर्न सकेका छैनन् बरु त्यसको थप पुष्टी र विकासलाई नै प्रमाणित गरेका छन् ।
यहाँनेर हामीले ध्यान दिनुपर्ने कुरा के छ भने विज्ञान प्रविधिको क्षेत्र पनि वर्ग संघर्ष र उत्पादक शक्तिको विकासको आवश्यकताबाट अछुतो छैन । पहिले देखि र अहिले पनि पूँजीवादले वैज्ञानिकहरुलाई त्यस प्रकारको अनुसन्धानका लागि लगानी र प्रोत्साहित गर्दछन् । जुन आविस्कारले उनीहरुलाई छिटोभन्दा छिटो र बढीभन्दा बढी मुनाफा कमाउन मद्दत गर्दछन् । पूँजीपतिहरुमा अन्तर्निहित यहि नैसर्गिक मुनाफाको भोकका कारण विज्ञान प्रविधिको नयाँ नयाँ आविस्कारलाई उनीहरुले प्रकृति, समाज र मानव हितको संरक्षणमा होइन त्यसको विनासका लागि प्रयोग गरिरहेका छन् । पर्यावरण विनासले पृथ्वीको तापक्रममा वृद्धि, हिमाल र हिमपात पग्लने र समुन्द्र सतहमा वृद्धिका कारण पृथ्वीको अस्तित्व नै संकटमा पर्दै गएको छ । यसबाट के स्पष्ट हुन्छ भने जवसम्म विज्ञान प्रविधिका आविस्कारहरु पूँजीपतिहरुको हातमा नाफा कमाउन सहयोग गर्ने साधनका रुपमा प्रयोग हुन्छन् तिनले प्रकृति, समाज र मानवजातिको हितमा स्वतः काम गर्न सक्दैनन् । भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय पूँजीवादले विज्ञान प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबका बीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयम् पूँजीवादी अर्थशास्त्रीहरुले नै स्वीकार गरेका छन् ।
आज वर्गीय अन्तरविरोध यति विराल भएको छ कि जसको तुलना इतिहासको कुनै पनि कालखण्डसँग गर्न सकिँदैन । यदि विश्वका १०० जना मात्र धन कुबेरहरु मिलेर खरिद गर्न चाहेमा विश्व नै खरिद गर्न सक्ने भयावह स्थिति आज बनेको छ । संसारको कूल जनसंख्याको झण्डै ७५ प्रतिशत जनता अल्प विकसित र विकाशील देशहरुमा रहेका छन् जसको साथमा संसारको कूल सम्पत्तिको १५ प्रतिशत मात्र रहेको छ । झण्डै ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरुमा केन्द्रित छ । त्यो सम्पत्तिको अत्यन्त ठूलो हिस्सा तिनै धनी देशका पनि सिमित धनाढ्यहरुको कब्जामा रहेको छ ।
(क) सापेक्षतावादको सिद्धान्त, क्वान्टम मेकानिक्स, सूचना प्रविधिको क्रान्ति र डिजिटल युगको प्रारम्भ सम्मका कुनै पनि वैज्ञानिक आविस्कारले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मार्क्सवादी विज्ञानलाई विस्तापन होइन अपितु त्यसको वैज्ञानिकतालाई प्रमाणित गर्दै त्यो विज्ञानको थप विकास र परिमार्जनमा योगदान गरका छन् । विज्ञान प्रविधिको नयाँ विकासले मार्क्सवादका आधाभूत प्रस्थापनाहरुलाई गलत सावित गरे भन्ने वुर्जवा बुद्धिजीविहरुको प्रचार विल्कुल झुटो हो
(ख) विज्ञान प्रविधिको अभूतपूर्व विकासले उत्पादक शक्तिदाई गुणात्मक रुपले विकसित अवस्य गराएको छ तर पूँजीवादले त्यसको प्रयोग प्रकृति, समाज र मानव हितका
१९.पक्षमा होइन नाफा कमाउने साधनका रुपमा गर्ने हुँदा उत्पादन सम्बन्धसँग उत्पादक शक्तिको विश्वव्यापि र तीब्र अन्तरविरोधलाई बढाएका छन् । उत्पादक शक्तिको नयाँ विकासले वस्तुतः र अन्ततः समाजवादी क्रान्तिको वस्तुगत आधारलाई नै परिपक्व बनाएको छ । विकासको आवश्यकताले उत्पादन सम्बन्धमा क्रान्ति अनिवार्य बनाएको छ । अतः विज्ञान प्रविधिको विकासले अब समाजवादी क्रान्तिलाई अनावश्यक र असंभव बनाएको छ, भन्ने नवउदारवादी पूंजीवादहिरुको प्रचारलाई गलत सावित गरेको छ ।
(ग) विज्ञानका नयाँ आविस्कारहरुको पूँजीवादी दुरुपयोगका कारण धनी र गरीबको बीचको खाडललाई पुर्ने होइन झन् भयानक फराकिलो पार्ने काम गरेकाले वर्ग संघर्ष र वैज्ञानिक समाजवादको आवश्यकता बारेका मार्क्सवादी प्रस्थापनाहरुलाई भन् सही साबित गरेका छन् । विश्वव्यापि वर्ग अन्तरविरोधलाई तीब्र पारेर पूंजीवादले समाजवादी क्रान्तिको नयाँ लहरलाई अनिवार्य बनाएको छ । अतः आजका माक्सवादी क्रान्तिकारीहरुका अगाडि वस्तुगत रुपले परिषद बाकी को अमाजवादक मान्सवादी अधारितकारीहरुका शक्तिको विकासका लागि वैचारिक राजनैतिक कार्यदिशा त्यस अनुसारको विशिष्ट संगठनात्मक संरचना र कार्यशैली, रणनीति, कार्यनीतिको तर्जुमा गर्ने चुनौति स्वीकार गर्नु पर्दछ ।
(घ) विज्ञान प्रविधिको पूँजीवादी दुरुपयोगका कारण पर्यावरण विनास, जलवायु परिवर्तन, पृथ्वीको तापकक्रममा निरन्तर भइरहेको वृद्धि, हिमालय र अन्यत्रको हिमपात पलाने क्रमबाट भइरहेको समुद्री सतहको वृद्धि, अत्यधिक कार्बन उत्सर्जनको कारण वायुमण्डलमा भइरहेको प्रदुषण र त्यसले निम्त्याउका नयाँ रोग(व्याधिहरुले पूंजीवादी उत्पादन प्रणालीका विरुद्ध विश्वव्यापि मोर्चा बनाएर पर्यावरण, धर्ती र मानव जातिको रक्षाका निमित्त अगाडि बढ्न अनिवार्य भएको छ । समाजवादले मात्र प्रकृति, समाज र मानव जातिको हित संरक्षणमा योजनावद्ध विकास गर्न सक्दछ भन्ने तथ्यलाई स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्ने अवसरलाई कम्युनिष्ट क्रान्तिकारीहरुले दृढतापूर्वक सदुपयोग गर्नुपर्दछ ।
४. पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन
लेनिनको जन्म दिन पारेर २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुलाई हामीले दूरगामी महत्वको ऐतिहासिक परिघटनाका रुपमा लिएका छौं । कमरेड पुष्पलालको विशेष पहल र नेतृत्वमा स्थापना भएको यो पार्टीले आफ्नो विकासक्रममा वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र अन्तरसंघर्षका अनेकी श्रृखला पार गरेको छ । आफै भित्र विकास भएको प्रवृतिगत राजनैतिक संघर्षको शत्रुता एवं अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चर्केको महाविवादको असर समेतका कारण २०१९ सालको तेस्रो महाधिवेशन पछि पार्टीको एकीकृत स्वरुप बाँकी रहेन । विभिन्न दुकामा विभाजित भई विभिन्न इलाकाहरुमा सिमित र क्रियाशील हुन पुगेका समूहहरुले कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न भने महत्वपूर्ण भूमिका खेलि नै रहे । सामन्ती राजतन्त्रका अगाडि सम्पूर्ण रुपले आत्मसमर्पण गरेको रायमाझी गुट बाहेक अन्य समूहरुले कुनै न कुनै रुपमा कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षलाई अगाडि बढाउने योगदान गरि नै रहे । त्यो प्रक्रिया भित्रबाट निश्चित विचार, राजनैतिक कार्यदिशा, नीति, योजना र कार्यक्रमका आधारमा पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने प्रयासहरु अगाडि बढे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवादका सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार, रुसी संशोधनवादका विरुद्ध र अध्यक्ष माओ र चिनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारको पक्षमा दृढतापूर्वक खडा भयो । यो परिघटना स्वयं नै नेपाली कम्युनिष्ट आन्दोतरी धाराको पक्ष पोषण गर्ने क्रान्तिकारीहरु आन्दोलनमा दूरगामी प्रभाव पार्ने सकारात्मक परिघटना हो । महाविवादका कै पहलमा केन्द्रीय रुपमा पार्टी पूनर्गठनका प्रयासहरु अगाडि बढे । यी प्रयासहरु मध्ये पहिलो प्रयास २०२५ सालमा संस्थापक नेता कमरेड पुष्पलालको नेतृत्वमा बगाडि बढ्यो । कमरेड पुष्पलालसँग केही पूर्वाग्रह र केही राजनैतिक मतभेद सहित कमरेड मोहन विक्रम सिंह र कमरेड निर्मल लामाको मुख्य नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्यूक्लस् मार्फत पार्टी पूनर्गठनको अर्को प्रयास अगाडि आयो । २०२८ सालमै झापा विद्रोह र कोर्डिनेशन केन्द्रका रुपमा उग्र वामपन्थी नारा दिँदै पार्टी पूनर्गठनको अर्को प्रयास गरियो । यी प्रयासहरु अगाडि बढ्दै जाँदा क्रमशः ने।क।पा। पुष्पलाल समूह, ने।क।पा। चौ।म। र ने।क।पा। मालेका रुपमा स्थापित हुन पुगे । आपसी विचारधारात्मक र राजनैतिक संघर्ष, एकता, विभाजन र रुपान्तरणको प्रक्रिया सहित ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा सम्लग्न हुन पुगे । पंचायती निरंकुशता विरोधी आन्दोलनको सफलतासँगै कम्युनिष्ट आन्दोलनमा एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र बन्यो । परिणामस्वरुप विभिन्न माओवादी समूहहरु मुख्यतः तात्कालिन ने.क.पा.(मशाल), ने.क.पा. (चौ.म.) सर्वहारावादी श्रमिक संगठन र ने.क.पा. (मसाल) को एउटा हिस्सामा मिलेर ने.क.पा.(एकता केन्द्र) बन्यो भने अर्कोतिर ने.क.पा.(माले) र ने.क.पा.(मार्क्सवादी) मिलेर ने.क.पा. (एमाले) बन्यो ।ने.क.पा. .एकताकेन्द्र ले तात्कालिन अवस्थामा माओवादी क्रान्तिकारी धाराको तथा ने। क।पा। ९एमालेले शान्तिपूर्ण संसदीय धाराको प्रतिनिधित्व गरेका थिए। तीव्रं विचारधारात्मक र राजनैतिक संघर्षका बीचबाट अगाडि बढेका दुवै समूह मध्ये ने.क.पा.(एकता केन्द्र) भित्र तत्काल सशस्त्र संघर्षको तयारीलाई प्राथमिकता दिने वा जन संघर्षलाई प्राथमिकता दिने भन्ने मूल कार्यनैतिक विषयमा मतभेदका कारण पुनः विभाजित हुन पुग्यो विभाजित एउटा पक्ष ने.क.पा.(माओवादी) का रुपमा महान् जनयुद्धको ऐतिहासिक पहलमा अगाडि बढ्यो भने अर्को पक्ष शान्तिपूर्ण संघर्षलाई नै प्राथमिकता दिएर ने.क.पा. (एकता केन्द्र) के रुपमा अगाडि बढ्यो । हाम्रो पार्टी इतिहासको चर्चा गर्दा तात्कालिक ने.क.पा.(माओवादी) को सान्दर्भिक पक्षको चर्चा उपयुक्त हुन्छ ।
२०५२ साल फाल्गुण १ गते ने।क।पा। ९माओवादी० को नेतृत्वमा घोषणा गरिएको जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभई नेपालको समग्र राजनैतिक प्रक्रियामा नै दूरगामी असर पार्ने एक ऐतिहासिक पहलकदमी थियो भन्ने कुरा आज प्रमाणित भइसकेको छ । निश्चित विचार र राजनैतिक कार्यदिशा सहित राजनैतिक र फौजी आक्रमणको समायोजन र सन्तुलनको विशिष्ट श्रृंखला र योजनावद्ध पहलका कारण जनयुद्ध प्रतिक्रियावादी दमनचक्र चिर्दे एवं क्रान्तिकारी र जनताका तर्फबाट त्याग, तपस्या र बलिदानका कीर्तिमानहरु कायम गर्दै दिनप्रति दिन फैलिदै गयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको तिरन्तर अनुगमन गर्दै पार्टीले संविधान सभाको निर्वाचन र गणतन्त्र स्थापनाको मुद्धालाई न्यूनतम सर्त मानेर सरकारसँग वार्ता र संवादको ढोका पनि खुला राखी नै रह्यो । क्षति र उपलब्धी एवं पीडा र गर्वका तिब्रतम अनुभूति र अनुभवहरु संगाल्दै जनयुद्ध एउटा निश्चित विचार श्रृंखलाको विकास गर्दै अगाडि बढ्यो ।
२०५७ सालमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले युद्ध र वैचारिक बहसको तीव्रताका बीचबाट विकसित विचार श्रृंखलालाई प्रचण्ड पथका रुपमा संश्लेषित गन्यो । यो संश्लेषणसँगै जनयुद्ध राजनैतिक र फौजी दुबै क्षेत्रमा आक्रमक र गुणात्मक रुपले विकसित हुन गयो । अब माओवादी जनयुद्ध देशव्यापी र जनव्यापी बनेर एउटा राजनैतिक शक्तिका । रुपमा विकसित हुन पुग्यो । यसै प्रक्रियामा विभिन्न संसदीय राजनैतिक दल र सरकारसँग वार्ता र संवादको प्रक्रिया पनि अगाडि बढ्दै गयो । वार्तामा सरकारका तर्फबाट हाम्रा न्यूनतम माग मुख्यतः संविधानसभा र गणतन्त्र पुरा गर्नुको सट्टा दमनचक्रलाई नै निरन्तरता दिने दुश्साहस गरेपछि पार्टीका तर्फबाट सिंगै देश र दुनियाँलाई तरङ्गित हुने गरी ठूल्ठूला फौजी कारबाहीहरुको श्रृंखला अगाडि बढाइयो । यसै प्रक्रियाका बीचमा जेष्ठ २०६० मा रोल्पाको दुम्लामा सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमरेड प्रचण्डका तर्फबाट निकै गम्भीर र दूरगामी वैचारिक, राजनैतिक महत्वको प्रस्तावका रुपमा इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारेू प्रस्तुत गरियो । गम्भीर छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको सो प्रस्तावलाई केन्द्रीय समितिले दोस्रो राष्ट्रिय सम्मेलनको विचार संश्लेषणकै नयाँ विकासका रुपमा ग्रहण गन्यो ।
जनयुद्धका रुपमा अगाडि बढेको यो सामन्तवाद र साम्राज्यवादका विरुद्धको भीषण वर्ग(संघर्षले प्रतिक्रियावादी कित्ता भित्रको अन्तरविरोधलाई पनि निकै तीव्र पान्यो त्यो अन्तरविरोधको अभिव्यक्तिका रुपमा नै राजा वीरेन्द्रको वंश नाश गर्ने भयानक दरबार हत्याकाण्ड मच्चाइयो। सो निर्मग, नृशंस र भयानक हत्याकाण्ड मार्फत राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले निरङ्कुश शासक बन्ने कलाविहिन नाटक प्रदर्शन गर्दै संसदीय राजनैतिक दलहरुमाथि अघोषित प्रतिबन्ध लगाएर उनीहरु माथि समेत दमन शुरु गरे। २०१७ साल दोहोऱ्याउने ज्ञानेन्द्र शाहको यो निरङ्कुश कार्यले जनयुद्धको नेतृत्व गरिरहेको ने।क।पा। ९ माओवादी र राजाको निरङ्कुशता विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका ७ राजनैतिक दलहरुका बीचमा वार्ता, संवाद र सहकार्यको व्यापक र घनिभूत प्रक्रिया अगाडि बढायो । वार्ता, संवादको यो समग्र प्रक्रियामा सैद्धान्तिक र रणनैतिक प्रश्नमा समान धारणा राख्ने तात्कालिन ने।क।पा। ९माओवादी० र ने।क।पा। ९एकता केन्द्र० को भूमिका निकै सकारात्मक र संयोजनकारी रह्यो । वैचारिक एकरुपतासहित सिलगुढी बैठकदेखि विभिन्न समयका विभिन्न संसदीय पार्टीहरुसँग बैठक गर्न र बैठकलाई सकारात्मक निश्कर्षमा पुर्याउन कमरेड नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेने.क.पा.(एकता केन्द्र)ले खेलेको भूमिका कै कारण शान्ति सम्झौता पश्चात दुबै पार्टीका बीचमा एकता सम्भव भएको हो । शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म लैजाने वातावरण बनाउने वार्ताको प्रक्रियामा तात्कालिन ने.क.पा.(एमाले) का महासचिव कमरेड माधव कुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण थियो नै ।
राजनैतिक दलहरुका बीचमा वार्ताको प्रक्रिया चलिरहँदा महान् जनयुद्ध देशव्यापी रुपमा झनै ठूल्ठूला कार्यवाही सहित अगाडि बढिरहको थियो । वार्ता र युद्धको यहि सन्दर्भमा ने।क।पा। ९माओवादी० को २०६२ आश्विनमा रुकुममा ऐतिहासिक चुनवाङ्ग बैठक सम्पन्न भयो । सो बैठकले देशलाई संविधान सभा र गणतन्त्रसम्म पुऱ्याउन आवश्यक रणनीति, कार्यनीति, योजना र कार्यक्रम पारित गयो । चुनवाङ्ग बैठकका निर्णयहरुको मर्म अनुसार नै एकातिर ठूलो फौजी कार्यवाहीका रुपमा कालिकोटको सफल पिली कार्यवाही, सर्लाही सदरमुकाममा हमला जस्ता कार्यवाही सफल गरिए र अर्कोतिर राजनैतिक हमलाका रुपमा पार्टीका तर्फबाट एक पक्षीय रुपमा तीन महिने युद्ध विरामको घोषणा गरियो । यो युद्ध विरामले ज्ञानेन्द्र शाहलाई पुरै रक्षात्मक स्थितिमा धकेलिदियो भने सात राजनैतिक दल र ने।क।पा। ९माओवादी भन् निकट ल्याएर १२ बुँदे समझदारी सहित निरङ्कुश राजतन्त्र विराधी संघर्षलाई आक्रमक ढंगले नयाँ उचाईमा उठाउने वातावरण तयार पान्यो।
ऐतिहासिक १२ बुँदे समझदारी पछि विश्व इतिहासमै दुर्लभ राजनैतिक समिकरण र संयुक्त संघर्षको स्वरुप विकास भयो । यसले सात राजनैतिक दल र ने.क.पा. ९ माओवादीलाई निरङ्कुशता विरोधी आन्दोलनका सहयात्री मात्र बनाएन अपितु यसले माओवादी जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई समायोजन गरेर १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलनका रुपमा जन(कान्तिको स्तरमा उठायो । यसै क्रान्तिले देशलाई विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन र समावेशी समानुपातिक र धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म ल्याई पुऱ्यायो । यो समग्र प्रक्रियामा कम्युनिष्ट क्रान्तिकारीहरुको भूमिका नेतृत्वदायी रहनुकै परिणाम संविधान सभाको पहिलो निर्वाचनबाट देशको पहिलो शक्तिशाली राजनैतिक दलका रुपमा जनताले ने.क.पा. माओवादीलाई अगाडि ल्यायो । यसै ऐतिहासिक पृष्ठभूमिमा युद्धकालमै सहकार्यमा रहेका तात्कालिन ने.क.पा. (माओवादी) र ने.क.पा. ९एकता केन्द्र मसाल० का बीचमा ३० पौष २०६५ मा पार्टी एकता भएर पार्टीको विकास एकीकृत ने।क।पा। ९माओवादी० का रुपमा भयो ।
माथि हामीले युनिष्ट पार्टीका संहावलोकन गर्यो । यसमा एकता, संघर्ष, रुपान्तरण, विभाजन र पुनः एकताका श्रृङ्खलाहरु हुँदै अन्ततः हाम्रो पार्टी देशकै एउटा क्रान्तिकारी र सबैभन्दा ठूलो पार्टी बन्न पुगेको तथ्यलाई देखाएको छ । तर, पहिलो संविधान सभाको अन्त्यसँगै हाम्रो पार्टी विभाजित हुन पुग्यो । दोस्रो संविधान सभाको निर्वाचनबाट पार्टी पहिलोबाट तेस्रोमा झर्न पुग्यो पार्टीबाट ठूलो आशा अपेक्षा गरेका आम जन समुदाय, कार्यकर्ता पंक्ति, सहिद एवं बेपत्ता योद्धाका परिवारजनमा निराशा र अन्योल बढ्न गयो । यो स्थितिका पछाडिको कारण वैचारिक र राजनैतिक कारणको गम्भीर समीक्षा र समूचित निश्कर्ष, पार्टीको भावी विकासका निमित्त अनिवार्य छ । यसबारे यसै सिंहावलोकनको अन्त्यमा चर्चा गरिने छ ।
संविधान सभाको दोस्रो निर्वाचन र नयाँ संविधानको घोषणाको नयाँ परिस्थितिमा विभाजित विभिन्न साना(ठूला माओवादी समूहरुका बीचमा एकता अधिवेशन गरी पार्टीलाई ने.क.पा. (माओवादी केन्द्र) का रुपमा विकसित गरियो । यसै सन्दर्भमा पार्टीको नेतृत्वमा दोस्रो पटक सरकार बन्यो र त्यो सरकारले राष्ट्रिय एकता सुदृढ गर्ने, संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने, देशका सबै राजनैतिक शक्तिहरुलाई निर्वाचनमा सहभागी गराउने, आर्थिक विकास र सुशासनलाई नयाँ गति दिने जस्ता कामका कारण पार्टीको राजनैतिक छवी जनताका बीचमा राम्रो बन्दै गयो । यसै प्रक्रियामा कमरेड गणेश शाहको नेतृत्वमा रहेको ने.क.पा. (संयुक्त)सँग एकीकरण हुनुका साथै अन्य साना ठूला दर्जनौं कम्युनिष्ट समूहहरु पनि पार्टीमा समायोजन हुँदै गए ठीक यहि बिन्दुबाट पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै पहल गरेको एकीकृत ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (एमाले) का बीचमा बृहद् कम्युनिष्ट एकताको थाती रहेको कार्यभार पुनः अगाडि बढाउने प्रस्ताव गन्यो । प्रादेशीक र संघीय निर्वाचनका संधारमा प्रस्तावित पार्टी एकता तत्काल निर्वाचनमा जानु पर्ने र समय अभावका कारण तत्काल वाम गठबन्धनका रूपमा साझा घोषणा(पत्र र साझा उम्मेद्वार सहित निर्वाचनमा जाने र निर्वाचन पश्चात पार्टी एकता गर्ने घोषणा गरियो । बलियो कम्युनिष्ट पार्टी, राजनैतिक स्थायित्व, सुशासन र विकासको अपेक्षा गरेका तमाम कम्युनिष्ट नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकदेखि आम जन समुदायसम्म उत्साहको निकै ठूलो रक्तसञ्चार भयो । यहि उत्साहसहित जनताले पार्टीलाई झण्डै दुई तिहाई बहुमतसहित देशको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी दियो । निर्वाचन प्रक्रियामा जनताका अगाडि गरिएका प्रतिवद्धता अनुसार नै मूतभूत रुपले सही वैचारिक राजनैतिक कार्यदिशा सही संगठनात्मक सिद्धान्त र व्यवस्थापन, पार्टी र सत्ता संचालनको सही अन्तरीम सहमति एवं माओवादी जनयुद्ध समेतको सही मूल्याङ्कनका आधारमा पार्टी एकता गरियो केन्द्रीय समितिको संयुक्त बैठकबाट पारित राजनैतिक प्रतिवेदन र विधान मूलभूत रुपमा सही र क्रान्तिकारी स्पीरिटमा रहेको तथ्य सर्वविदितै छ ।
मदन भण्डारीको योगदानको चर्चा गर्दै प्रतिवेदनले प्रतिकुल अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रतिक्रियावादी एवं प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलनको रक्षा गर्न, पार्टीलाई जनताका बीच लोकप्रिय र सुदृढ जनआधार सहितको स्थापित एवं वैधानिक ढंगबाट आन्दोलनलाई अगाडि बढाउन ने.क.पा. (एमाले) को उल्लेखनीय योगदान रहेको चर्चा गरेको छ । त्यसको लगत्तै प्रतिवेदनले ूयसै अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रुपमा बलप्रयोग अनिवार्य रहेको निष्कर्षक साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको पहल गयो। त्याग बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहससहित दूरगामी प्रभाव पान्यो । महिला, दलित, मधेसी जनजातिलगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र सङ्गठित गर्ने, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्यो। वैचारिक, राजनैतिक सिद्धान्तको विकास क्रममा कमरेड प्रचण्डकै नेतृत्वमा नेकपा (माओवादी)ले २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धी नयाँ अवधारणासहित संविधानसभा रशान्ति सम्झौताको अन्तरसम्बन्धबारे ठोस कार्यक्रमसमेत प्रस्तुत गन्यो ।
प्रतिक्रिया दिनुहोस्