Ads

केन्द्रीय सदस्यको नाम टुंग्याउन माओवादी बैठक 


काठमाडौं । आठौं महाधिवेशन जारी रहदा माओवादी केन्द्रको पुरानो स्थायी कमिटीको बैठक बसेको छ।

माओवादी केन्द्रको महाधिवेशन हुनभन्दाअघिको स्थायी कमिटीको बैठक महाधिवेशन भएको स्थान प्रज्ञा भवन कमलादीमा बसेका छ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले पेस गरेको विधान प्रतिवेदनमाथि छलफल हुनेछ । यस्तै माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत विधानअनुसार केन्द्रीय कमिटी तय गर्नेछ । केन्द्रीय सदस्यमा को को रहेने भन्नेबीच पनि सहमति जुटाउन बैठक बसेको स्रोतको दाबी छ । यस्तै प्रस्तावित विधानअनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाट पारित भएपछि सो कमिटीले अध्यक्षसहित १५ पदाधिकारीको चयन गर्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू