काठमाडौं । देशभरी आएको बर्षाका कारण मौसमा प्रतिकुल बनेको छ । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले हवाई उडान प्रभावित बनेका छन् ।
एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।
डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस्