काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत रुपमा छलफल सकेका छन् । छलफल सकिएपछि केहि समयपछि रिपोटिङ सुरु हुदै छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार र बुधबार दिउसोसम्म प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय दिएको थियो । छलफलका लागि २५ समूह बनाएको थियो । आज बुधबारबाट समूहका नेताले समूहबाट आएको सल्लाह सुझाव हलमा रिपोटिङ गर्ने छन् । जसको लागि १५ मिनेट छुट्याइएको छ ।
बुधबार १ बजेदेखि समुहका नेताले आएका सुझावलाई समेटेर बन्दसत्र स्थल प्रज्ञा भवनको हलमा रिपोटिङ गर्ने भनिएको छ ।
हलबाट आएका सुझावलाई समेत समेटेर प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् । प्रचण्डको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्