Ads

माओवादी महाधिवेशनः प्रचण्ड पथको ठाउँमा प्रचण्ड विचार राख्न माग


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनमा एकता केन्द्रसंग एकता गर्दा छोडेको प्रचण्डपथको ठाउँमा ‘प्रचण्ड विचार’राखेर अघि बढ्नुपर्ने सुझाव आएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि रिपोर्टिङ गर्नेक्रममा बागमती प्रदेश समूहबाट प्रचण्ड पथको ठाउँमा प्रचण्ड विचार राख्नु पर्ने सुझाव टोलि नेता सरल सहयात्री पौडेलले राखेका छन् ।

उनले रिपोर्टिङ राख्ने‘क्रममा भने ‘जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै आजसम्म पार्टीलाई यहाँसम्म ल्याउने भूमिका अध्यक्ष प्रचण्डले गर्नुभएको छ, यो एउटा विचार हो । अब हामीले यसलाई ‘चण्ड विचार’ भनेर जानुपर्छ। यसलाई अघि बढाउने गरी दस्तावेजमा समावेश गर्नुपर्छ।’

अहिलेपनि रिपोर्टिङ राख्नेक्रम जारी छ । माओवादी केन्द्रले प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएर छलफल गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू