काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथी समुहगत रुपमा रिपोर्टिङ गर्नेक्रम आजलाई रोकिएको छ ।
बुधबार ११ ओटा समुहका समुह नेताहरुले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समुहमा भएको छलफलका आधारमा रिपोटिङ गरेका छन् ।
बाँकी १४ ओटा समुहका नेताहरुले अब भोलिको वन्दशत्रमा रिपोटिङ राख्ने छन् । आज ११ वटा समूहका समुह नेताले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि बन्दशत्र स्थगित गरिएको छ ।
अब बिहीबार विहान ११ बजेदेखि पुन बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनेछन् ।
छलफलका लागि माओवादीले २५ ओटा समुह बनाएको थियो । रिपोटिङ समुह नेताले सकेपछि उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि प्रतिवेदन परिमार्जन सहित पारित गरेपछि माओवादीको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । सकभर शुक्रवारसम्म महाधिवेशन सक्ने तयारीमा माओवादी छ । अध्यक्ष र केन्द्रीय सदस्यको हलबाट चयन गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्