काठमाडौं । नेकपा (माओवादी)को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । महाधिवेशनमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् ।
उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेका थिए । उनले आफ्नो १० बुँदे फरक मत बन्दसत्रमा राख्ने बताए । उनले भने ‘अध्यक्ष कमरेडको राजनीतिक दस्तावेज अपुरो छ । यो केवल चुनाव देखि चुनावसम्मको मात्र छ । यसले नत पार्टी बन्छ नत समाजवाद आउछ । नेतामा इमान्दारी भएमा सुधार हुने हो । समाजवाद आउने होइन ।’
दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको समाजवाद आउछ , ल्याउछौ भनिएको छ कसरी ल्याउने केहि छैन उनले भने ‘यहाँ विकासको मोडेलबारे केहि छैन । विश्व पुँजीवादी छ । त्यसकै वरिपरि राजनीतिक दस्तावेज छ । जसले समाजवाद आउदैन ।’
उनले आफ्नो फरक मत बन्दसत्रमा राख्न अध्यक्ष मण्डललाई अनुमति माग्ने नमाने पत्रकार सम्मेलन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्