Ads

माओवादी महाधिवेशनको मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी


काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ । महाधिवेशनस्थलको मिडिया सेन्टरमा रहेको ल्यापटप र प्रिन्टर चारी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग सचिव गोविन्द आचार्यले बताए ।

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ । आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिइने छ ।
महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू