Ads

राप्रपामा दुई प्यानलको उम्मेदवारी, कस्ले मार्ला बाजी ?


राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । विभिन्न दलहरुको एकतापछिको महाधिवेशनमा अध्यक्ष को बन्छ भन्ने चर्चाकाबीच कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
राप्रपा प्रष्टरुपमा प्यानल देखिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका थापा र लिङ्देलले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

यसैगरी लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।
१ सय ९९ सदस्यीय केन्द्रीय समितिका १ सय ४९ जना निर्वाचनबाट चयन चयन हुनेछन् ।

अध्यक्षसहित ८ जना पदाधिकारी र १ सय ४१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।
विभिन्न राजनीतिक दलहुँदै राप्रपा पुगेकी नायिका रेखा थापाको उम्मेदवारीलाई चर्चाका साथ हेरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू