काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो ।
लिङदेनले १८१७ मत ल्याउँदा कमल थापाले १६ सय १७ मत प्राप्त गर्नुभएको छ । लिङदेन राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
मतगणनामा ४३१ मत बदर भएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो भने रातभर मतगणना भएको थियो ।
थापापक्षको बर्चश्व
राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।
पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।
यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।
महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।
महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।
प्रतिक्रिया दिनुहोस्