Ads

नायिका रेखा थापाको राजनीतिक यात्रा र उपलब्धि


नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान र परिचय बनाएकी नायिकका हुन रेखा थापा । नेपाली चलचित्रमा विभिन्न कारण चर्चामा रहने रेखा थापा पछिल्लो समय राजनीतिक वृत्तमा आईन र अझै धेरै चर्चा भयो उनको राजनीतिक जीवनको ।

पछिल्लो १ दशक चलचित्रसंगसंगै राजनीतिलाई पनि अगाडि बढाएकी रेखा थापा हालै मात्र सम्पन्न राष्ट्रिय प्रजातन्त्र पाटीको एकता महाधिवेशनमा महामन्त्री पदकी उम्मेद्वार थिईन। नेपाली चलचित्र क्षेत्रमा महिला कलाकारहरुको छुट्टै स्थान छ र महिला कलाकारले पनि नेपाली चलचित्रमा केही गर्न सक्छने भन्ने प्रमाणित गर्न सफल रेखा जब राजनीतिमा देखिन थालिन तब उनको चर्चा राजनीतिक क्षेत्रमा बढि भयो ।

कतिपयलाई रेखाले नेपाली फिल्म क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि आफुलाई अब्बल सावित गर्छिन भन्ने लगेको छ र थियो । ठूला राजनीतिक दलका शिर्ष नेताहरुसंगको छलफल र भेटघाटका तश्विरहरु सार्वजनिक हुँदा कतिपयलाई रेखा थापाको राजनीतिक संलग्नता कता होला भन्ने पनि लागेको थियो । यसैबीचमा उनले केहीसमय अगाडि देखी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आफ्नो महिला महामन्त्री पदमा उम्मेद्वारी हुने हुने घोषणा गरेसंगै उनलाई शुभकामनाको ओईरो नै लाग्यो । राप्रपाको राजनीतिमा रेखाको इन्ट्रिलाई महत्वका साथ हेरिएको थियो । तर अन्तत्वगत्व यस पटकलाई उनको इन्ट्रिले सफलता हात पार्न सकेको छैन ।

तर उनको पक्षमा राप्रपा भित्र राम्रो जनमत भने देखिएको छ । फिल्म र सामाजिक काम गरेर समाज रुपान्तरणका विभिन्न अभियानमा लागेकी थापा पछिल्लो समय राजनीति मार्फत समाजका विकृति विसंगति हटाउन सकिन्छ भन्ने धारणा राख्दै आएकी छन् । राजनीतिलाई मुल धार बनाउने सोचका साथ उनले राजनीतिक यात्रा रोजेको समेत बताउँदै आएकी छन्। यस अघि कला, साहित्य, संगीत, पत्रकारीता लगाएतका क्षेत्रबाट राजनीतिमा संलग्न हुने ठूलै पंक्ति रहेको छ ।

नेपालमा मात्र हैन संसारका धेरै देशमा मुलधार राजनीति नभएपनि छुट्टै मुलधारमा आफुलाई सफल सावित गरेका व्यक्तिहरु राजनीतिमा प्रवेश गरेर राजनीतिलाई पनि सहि बाटोमा अगाडि बढाएका धेरै उदाहरण रहेका छन् ।

त्यसो त भखैर सम्पन्न राप्रपाको एकता महाधिवेशनमा महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।
शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू