Ads

कांग्रेस प्रदेश अधिबेशन-कहाँबाट को बिजयी ?


काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश अधिवेशनअन्तर्गत धमाधम मतदानको परिणाम सार्वजनिक भएको छ । लुम्बिनी,बागमती, गण्डकी, कर्णाली,सुदूरपश्चिम प्रदेशको नतीजा आईसकेको छ ।
प्रदेश २ को अधिवेशन भने तत्कालका लागि स्थागित भएको छ ।
बागमती प्रदेशमा सभापति पदमा पुनः मतदान भएको हो । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवार जगदीश्वरनरसिंह केसी, इन्द्र बानियाँ र भीमसेनदास प्रधानमध्ये कसैको पनि ५१ प्रतिशत नपुगेपछि पुनः मतदान भएको हो । दोस्रो चरणमा केसी र बानियाँबीच सभापति पदमा प्रतिस्पर्धा भएको हो ।

प्रदेश १ मा थापा
यो प्रदेशमा यसपटक कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति शेरबहादुर देउवाले तागत बढाएका छन् । प्रदेश अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई सभापतिमा देउवा पक्षले सघाएको थियो । बदलामा प्रदेश १ का अधिकांश क्षेत्र र जिल्लाका अधिवेशनमा सिटौला पक्षको साथ देउवा समूहले पाएको थियो ।
संस्थापनइतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे प्रतिस्पर्धामा रहेका थिए । अन्तिम परिणाममा घिमिरे २ मतले पराजित भएपछि देउवा९सिटौला गठबन्धनले प्रदेश १ मा नेतृत्व हात पारेको हो । सभापतिमा निर्वाचित थापा दुई कार्यकाल झापा कांग्रेसको सभापति रहेका थिए ।

प्रदेश २ को अधिवेशन स्थागित
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थागित गरिएको छ । सोमबार प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले अधिवेशन तत्कालका लागि स्थागित भएको जानकारी दिनुभयो ।
रिजालले धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको भन्नुभयो ।

बागमतीमा बानियाँ
बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी हुनुभएको छ । नवनिर्वाचित प्रदेश सभापति बानियाँले एक हजार ५८ मत प्राप्त गर्नुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार सभापति पदका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको छ ।

गण्डकीमा शर्मा
काँग्रेस गण्डकी प्रदेशको अधिवेशनले ६८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । मतपरिणाम अनुसार कास्की काँग्रेसका पूूर्वसभापति शुुक्रराज शर्मा गण्डकी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्यानल बनाएर चुुनावी प्रतिस्पर्धा गरेका थिए । प्रदेश कार्यसमितिमा एक पदाधिकारीका सभापति देउवा समूहबाट र छ पदमा वरिष्ठ नेता पौडेल पक्षले विजयी हासिल गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

लुम्बिनीमा पुन
लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक डा.बुद्धबहादुर थापाका अनुसार काँग्रेस प्रदेश कार्यसमिति चयन गर्नका लागि भएको मतदानको अन्तिम परिणाम अनुसार अमरसिंह पुनमगर बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रद्धिन्द्धी भरत शाह पराजित हुनु भयो ।

कर्णालीमा शाही
काँग्रेस कर्णाली प्रदेश सभापति पदमा ललितजङ शाही निर्वाचित हुनुभएको छ । काँग्रेसका युवा नेता भूपेन्द्रजङ शाहीलाई पराजित गर्दै सभापतिमा शाही निर्वाचित हुनुभएको हो । उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमार कार्की, महामन्त्रीमा निरञ्जनकुमार केसी र कृष्णकुमार रोकाय विजयी हुनुभएको छ ।

सुदूरपश्चिममा बलायर
काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा वीरबहादुर बलायर निर्वाचित हुनुभएको छ । बलायर काँग्रेस केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का विजयी हुनुभएको छ । सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी हुनुभएको छ ।

Ads

सम्बन्धित पोष्टहरू