Ads

माओवादीको राष्ट्रिय सम्मेलनका लागि समिति गठन, १५ सय प्रतिनिधि सहभागी हुने


काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि भाग लिने छन् । यहि पुस ११देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा माओवादीका १५ सय जति प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ ।

केन्द्रीय पदाधिकारीबाट करिब ५ सय जना राष्ट्रिय सम्मेलनमा सहभागी हुने माओवादीले जनाएको छ । केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट तीन तीन जनाका दरले ५ सय जना प्रतिनिधि हुने छन् ।

त्यस्तै केन्द्रीय कमिटीले मनोनित गर्ने भनिएका १० प्रतिशत केन्द्रीय प्रतिनिधिलाई घटाएर ५ प्रतिशत मात्र प्रतिनिधि मनोनिति गर्ने भएको छ ।

राष्ट्रिय सम्मेलनका लागि प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट हुने छन् । त्यसमा पनि प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते–अपांगहरू प्रतिनिधि बनाउनु पर्ने पार्टीद्धारा जारी सर्कुलरमा उल्लेख गरेको छ । बाँकि १५ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्न पाउने छन् ।
माओवादीले मातहतका कमिटीमा सर्कुलर १७ मंसिरमा पठाएको छ ।

शुल्क २ हजार, खान बस्न प्रदेशले व्यवस्था गर्नु पर्ने

माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुबाट २ हजारका दरले प्रवेश शुल्क उठाउने भएको छ । दुई हजार तिरेपछि मात्र प्रतिनिधिले हलभित्र प्रवेश पाउने छन् । प्रतिनिधिहरुको खान र बस्नको व्यवस्था सम्बन्धित प्रदेशले गर्नु पर्ने सर्कुलरमा उल्लेख छ ।

यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ गते सम्म केन्द्रीय कार्यालयमा पठाउन सर्कुलरमा उल्लेख गरेको छ । माओवादीले मंसिर २५ मा सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक गर्दै छ ।

सम्मेलन तयारीका लागि समिति निमार्ण

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव सहितको समिति गठन गरेको छ ।
कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साहसहितको समिति गठन गरेको छ ।

व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा, जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन भएको छ ।
सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्रीसहितको एक समिति पनि गठन गरेको जनाएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू