काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट १३ पदाधिकारीसहित एक सय ३४ जना कार्यसमिति सदस्य निर्र्वाचित गर्ने छ । २४ मङ्सिरदेखि काठमाडौँमा हुने १४औं महाधिवेशनबाट कांग्रेसले आगामि पाँच बर्षका लागि नेतृत्व चयन गर्ने छ ।
कांग्रेसले नेतृत्व चयन निर्वाचनबाट गर्ने गरेको छ । प्रायजसो कांग्रेसमा निर्वाचनबाट नै वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट नेतृत्व चयन गरेको छ ।
१४औं महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री , आठ सहमहामन्त्री (खस–आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक–एकजना) गरी १३ जना पदाधिकारी निर्वाचित गर्ने छ।
३५ जना केन्द्रीय सदस्य खुलाबाट निर्वाचित भएर आउनेछन् । यो भन्दा पहिला २५ जना खुलातर्फ निर्वाचनका माध्यमबाट आएका थिए । यसपटक १० जना थपिएका छन् ।
यस्तै, २१ जना महिलासहित सात प्रदेशबाट , नौ जना खुला महिलाबाट , ६ जना महिलाखस–आर्यसहित १३ जना, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ ।
पहिलो पटक कांग्रेसले संघीय संरचनामा अधिवेशन गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशनबाट कार्यसमिति चयन गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुने व्यवस्था छ ।
केन्द्रीय सभापति हुन १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिएको हुनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्