Ads

जब ओलीले गरे अदालतमा अर्को सेटिङ भएको खुलासा…


काठमाडौं । जब सर्वोच्च बारका पदाधिकारीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबिरुद्धको वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए । वातावरण अर्कै भयो । बरु अध्यक्ष ओलीले बारको टोलीलाई नै प्रश्नै प्रश्नले झस्काईदिए ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको बताए ।
बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।
सञ्चार माध्ययमहरुका अनुसार ओलीले भने, ‘…कसलाई राजीनामा गराउने ? त्यसपछि त्यो बेला भएका नियुक्ति यसो–यसो गर्ने भनेर बसेको होइन ? सेटिङ के–के कुरामा थियो ? कुन–कुन वस्तुका लेनदेन भए ? तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के–के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पु¥याएर ल्याउन सुझाव दिए ।(तस्बिर-रातो पाटी)

Ads

सम्बन्धित पोष्टहरू