Ads

कांग्रेस नेतृत्वका लागि रस्साकस्सी-नेता व्यवस्थापनमा सकस,दुबै पक्षको दमदार तयारी


  • कांग्रेस नेतृत्वका लागि रस्साकस्सी
  • उम्मेदवार छान्न देउवाले बोलाए बैठक
  • साझा उम्मेदवार छानिसकेको र छिट्टै सार्वजनिक गर्ने पौडेलको दावी
  • एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूह एकताको प्रयासमा 

खबरपोष्ट टिम

काठमाण्डौ । कांग्रेस महाधिबेशन आउन तीन दिन मात्र बाँकी रहँदा पार्टीभित्र नेतृत्व चयनको चरम रस्साकस्सी देखिएको छ ।प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।
१४ औं महाधिवेशनमा काँग्रेसमा संस्थापन पक्ष सहित विभिन्न प्यानलहरु बनिरहेका छन् । यसै सन्दर्भमा संस्थापन पक्षको प्यानल निर्माणका लागि सभापति देउवा जुटिरहेका छन् । । सभापतिमा देउवाले उम्मेदवारी दिने निश्चित छ भने सभापतिपछि  दुईजना उपसभापति ,महामन्त्री लगाएतका पदमा को कोलाई उठाउँदा ठिक हुन्छ भन्नेमा भन्नेमा तनाव छ ।
अहिले सरकारको नेतृत्व गरिरहेका देउवाले आफ्नो पावर प्रयोग गरेरै भएपनि केही नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा पार्न सक्ने कतिपयले आँकलन गर्दै आएका छन् ।

देउवा नेतृत्वको सरकारकाले नियुक्ति गर्नुपर्ने धेरै राजनीतिक नियुक्तिका पदहरु खारी रहेका छन् । महाधिवेशन अगाडि यस्ता विषय निर्णयमा लैजाँदा आफ्नो माहोल विग्रने देखिएपछि देउवाले महाधिवेशन अगाडि कुनै पनि राजनीतिक नियुक्ति नगर्ने देखिएको छ ।

यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । उनले त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा त्यस्तो निर्णय सार्वजनिक गर्ने बताए ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पु¥याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।  (तस्बिर फाईल)

Ads

सम्बन्धित पोष्टहरू