मंसिर २२, काठमाण्डौ
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतिय सेनाका चिफ अफ डिफेन्स विपिन रावतको जन्म १६ मार्च १९५८ मा भारतको उत्तराखण्डमा भएको हो । उत्तराखण्डको पौडी जिल्लामा उक सैन्य परिवारमा उनको जन्म भएको थियो ।
रावतका बुवा भारतिय सेनाको लेफ्टिनेन्ट जनरल थिए । रावतले भारतिय सेनामा सन् १९७८ मा भर्ना भएर आफ्नो सैनिक सेवा सुरुवात गरेका थिए । सिमलाको सेन्ट एडवार्ड स्कुलबाट पढाई सकेका रावतले भारतिय डिफेन्स एकेडेमीबाट सैन्य प्रशिक्षण लिएका थिए ।
रावतले देहरादूनमा रहेको भारतिय मिलिट्री तालिम केन्द्रमा तालिम लिएसंगै गोरखा राईफल्सको सेकेन्ड लेफ्टििनेन्ट बन्दै आफ्नो जागिर यात्रालाई थप उचाईमा पु¥याएका थिए । गोरखा राईफल्सबाट सेनाको सबैभन्दा उच्च पदमा पुग्ने उनि चौथो व्यक्ति हुन । करिव ४० दशक लामो सैन्य क्षेत्रमा विताएका रावतको योगदानलाई भारतिय सैन्य क्षेत्रमा उच्च प्रशसा गर्न लाएक रहेको चर्चा गरिन्छ ।
उनलाई भारतका विभिन्न मान पदवीले सम्मानित समेत गरिएको थियो ।
आफ्नो ४ दशक लामो सैन्य जीवनमा सैन्य क्षेत्रका विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका छन् । उनको नेतृत्वमा भारतिय सैनिकले एक कुल प्रदर्शन गर्नुका सार्थ असहज अवस्थामा समेत सफला हात पार्न सकेको थियो । भारतको उत्तर पूर्वमा आचंकवाद विरुद्ध उनले पु¥याएको योगदानलाई भारतको सैन्य इतिहासमा महत्वपूर्ण योगदानका रुपमा हेरिउको छ ।
प्रतिक्रिया दिनुहोस्