Ads

एमाले केन्द्रीय कमिटीको दोश्रो बैठक-यस्तो छ १५ बूँदे कार्यसूचि


काठमाण्डौ । चितवनमा दशौं राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको नेकपा (एमाले) केन्द्रीय कमिटीको अर्को  बैठक भक्तपुरस्थित जर्मन हाउस हस्पिटालिटी गट्ठाघरमा बस्दैछ ।

मंसिर २५ र २६ गते हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यो बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।

बैठकमा जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान लगायतको कार्य सूचि हुनेछ ।
महाधिबेशन प्रचार कमिटीका सहसंयोजक सूर्य थापाका अनुसार महाधिवेशनपछिको यो दोश्रो बैठकले महाधिबेशनका कार्यदिशा कार्यन्वयन गर्न निकै ठूलो अर्थ राख्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू