काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस चुनावको मनोनयनअघि मात्रै आफू खुल्ने बताएका छन् । आफूलाई अभाव, संकट र जोखिममा निरन्तर साथ दिनेहरूलाई आफूले कहिल्यै साथ नछोड्ने उनले बताए ।
कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूनिकटका कार्यकर्तासँग उनले अध्यक्षमा उम्मदेवारी दिने वा नदिने विषयमा केही बोलेनन् ।
सिटौलाले भने, ‘मसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने मेरो रणनीति रहन्छ । हामी अब उमेरका हिसाबले बुढा भयौं । अब पालो हाम्रा छोराछोरी र भाइबहिनीको हो । म अब युवाहरूलाई अघि बढाउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्