Ads

गैर सांसद सहभागि हुने संसद चल्न दिन्नौं: उपमहासचिव ज्ञवाली


काठमाडौं –

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी २८ मंसीरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने बताउनुभएको छ । संसदमा गैर सांसदलाई राखेर संसद चल्न दिने पक्षमा आफुहरु नरहेको भन्दै उप–महासचिव १वालीलले आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने बताउनुभयो ।

पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उहाँको भनाइ छ । उहाँले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनाभित्र एमालेले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताउनुभयो ।

यसैबीच एक फरक प्रशंगमा ज्ञवालीलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा उपमहासचिव ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताउनुभयो । उहाँले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानून व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताउनुभयो । उहाँले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेन्डा उठाउनेलाई मात्र समर्थन रहने बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू