एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहले कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।
काठमाडौं । अस्वस्थ भएका कारण एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि हुन सकेनन् । उक्त कार्यक्रममा एमाले उपमहासचिब प्रदीप ज्ञवाली सहभागि भए ।
धरैको चासोको बिषय बनेको छ -अध्यक्ष ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जान सक्लान, नसक्लान ?
बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।
शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड-माधवसँग पहिलोपटक एकै मञ्चमा भेटिनेछन् । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहले कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।
ओलीको स्वास्थ्यमा रुघाका कारण समस्या भए पनि कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको सचिवालयले जनाएको छ ।
एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए ।
(तस्बिर- फाईल)
प्रतिक्रिया दिनुहोस्