काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति नेताहरुका कारण ट्रयाक बाहिर गएको बताएका छन् । उनले सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको र यो सबै राजनीति र राजनीति गर्ने नेताहरुले विश्वास गुमाउदा भएको बताएका ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठिक ठाउँमा छैन । त्यहि भएर नेताहरु गाउँमा आए भन्दा कुन चोर आए भन्न थालेका छन् ।’
‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । पार्टी सम्झदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् ।’
महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिनु पर्ने बताए । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए ।
उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।
प्रतिक्रिया दिनुहोस्