काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट ५ जिल्लाबाट केन्द्रीय सदस्यमा एक जना पनि चुनिएनन् । केन्द्रीय सदस्यमा शुन्यता भएका जिल्लाहरुमा रसुवा, म्याग्दी, ताप्लेजुङ, मुगु र दैलेख परेका छन् ।
आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको लिस्टमा पाँच जिल्लाबाट केन्द्रीय सदस्यमा एक जना पनि परेका छैनन् ।
रसुवा, म्याग्दी, ताप्लेजुङ , मुगु र दैलेखबाट एक जना पनि केन्द्रीय सदस्यमा चयन भएका छैनन् । त्यस्तै डोल्पाबाट एकजना मनोनीत भएका छन् । सबैभन्दा बढी रोल्पाबाट १४ जना केन्द्रीय सदस्य भएका छन् ।
महाधिवशेनबाट माओवादी केन्द्रले २३६ जना केन्द्रीय सदस्य मनोनीति गरेका थिए । २९९ केन्द्रीय कमिटी बनाउने माओवादीले बाँकी पछि मनोनीत गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्