Ads

अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने


काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन हुने भएको छ । हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ ।

यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताए ।

बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू