Ads

गंकी धुस्वां–वसुन्धरा पुरस्कार कार्की र सिर्जना पुरस्कार डङ्गोललाई


काठमाडौँ। यो वर्षको ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) र ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ वरिष्ठ चित्रकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गरिने भएको छ ।
गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा हालै बसेको बैठकले कार्की र डङ्गोललाई प्रदान गर्ने निर्णय गरेको हो । जनही रु. ५० हजार पुरस्कार र ताम्रपत्र पनि रहनेछ ।
विमल भौकाजी र हरिप्रसाद वैद्यका संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा सो पुरस्कार दिने निर्णय भएको जनाइएको छ । पहिलो पुरस्कार उपन्यासकार तथा दोस्रो पुरस्कार कलाकार र सङ्गीतकारलाई दुई दुई वर्षमा प्रदान गरिँदै आएको छ ।
पुरस्कार  माघ १ गते प्रदान गरिने प्रतिष्ठानका सचिव प्रतिसरा सायमिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू