काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । विवादका कारण पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअघि हुन पर्ने अधिवेशन रोकिएका थिए । रोकिएका जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएका थिए ।
कांग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हुने बताएका छन्। कांग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिरहा र महोत्तरीमा विवाद रहेको छ ।
प्रतिक्रिया दिनुहोस्