Ads

मौरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी


काठमाडौँ –

नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दुइवटै खेल काठमाडाँैको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
यी दुवै खेल पोखरामा गर्ने तयारी भएतापनि पोखरा रंगशाला निर्माण कार्य जारी रहेकाले उक्त खेल काठमाडौँमा सञ्चालन गरिने भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार उक्त खेलहरु माघ १५ र १८ गते हुनेछन् ।
दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् । नेपालका लागी मौरिसस पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

 

Ads

सम्बन्धित पोष्टहरू