काठमाडौं–
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायवले मन्त्रिपरिषद विघटन भएको घोषणा गरेका छन् ।
इन्धन मूल्यबृद्धिको विरोध गर्दै लामो समयदेखी देशव्यापी आन्दोलनका कार्यक्रमहरु प्रदर्शन भएपछि राष्ट्रपति टोकायवले बुधबार मन्त्रिपरिषद् विघटन गरेका हुन् । आन्दोलनबाट सवैभन्दा बढी प्रभावित दुई ठूला सहर अल्माटी र तेल उत्पादन गर्ने पश्चिमी मङ्गिस्टाउ प्रान्तमा संकटकाल घोषणा गर्दै उनले हिंसाको पछाडि स्वदेशी र विदेशी उत्तेजकहरूको हात रहेको बताएका छन् ।
आन्दोलनकारीहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति टोकायभले स्विकृत गरेका हुन् । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्