काठमाडौं ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज विरुद्ध प्रदर्शन गरेका छन् ।
एमबीबीएस र बीडीएसका विद्यार्थीहरूले बुधबार काठमाडौँको माईतिघरमा प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि ४० लाख र बीडीएसतर्फ २० लाख १९ हजार रुपैयाँ शुल्क तोके पनि कलेजले तोकेको भन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले कलेज सञ्चालकलाई कारबाही संगै १० बुँदे मागसहित सुरु गरेको आन्दोलनप्रति अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय समितिले पनि ऐक्यबद्धता जनाएको छ ।
त्यस्तै विराटनगरको नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् तोकेको भन्दा बढी शुल्क माग गर्दै कक्षा प्रवेशमा रोक लगाएपछि आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्