Ads

मकवानपुरमा रैथानेबाली प्रवद्र्धन कार्यक्रम सुरु


काठमाडौं । 

मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृिषसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास होमस्टे, रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको लागि तालिम दिन सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम सङ्घीय सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो । प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पालिकालाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि गाउँपालिकाले गाउँपालिकामा रहेको सहकारीमार्फत किसानको कृषि उपज तरकारी तथा फलफूल सङ्कलन र बजारीकरणको सुरुआत गरेकोे छ । यसको साथै गाउँपालिकाले किसान क्रेडिटकार्डलगायतका विभिन्न नमूना कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

सहकारीमार्फत अनाज खरिदबिक्रीको कार्य गत आर्थिक वर्ष २०७७/७८ बाटै सुरुवात गरिएकोमा चालू आब मा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ ।

गाउँपालिकाभरिमा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् । रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गतको तालिममा सहभागिताका लागि गाउँपालिकाले किसानलाईआग्रह समेत गरेको छ ।

Rss

Ads

सम्बन्धित पोष्टहरू